आईएलओको सहयोगमा हरवाचरवालाई राहत

  • असोज २५, २०७८
  • १०५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान २५ असोज । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ललितपुर नेपालको आर्थिक सहयोगमा दलित समाज उत्थान समितिले आज सिरहाको दूई नगरपालिकामा राहत वितरण गरेको छ । दलित समाज उत्थान समितिको आयोजनामा असोज २४ गते सिरहाको धनगढीमाई नगरपालिकाभित्र रहेका एक सय हरवाचरवालाई सो राहत उपलब्ध गराएको छ । त्यसैगरी आजै दलित समाजको आयोजनामा लहान नगरपालिकाभित्र रहेका एक सय हरवाचरवालाई राहत उपलब्ध गराएको समाजका कार्यकारी निर्देशक सुनिल ठाकुरले बताए । श्रम संगठनको आर्थिक सहयोगमा प्रति घरपरिवार चामल ३० केजी, दाल ४ केजी, खानेतेल २ लिटर, आयोडिन नुन २ केजी, चिनी २ केजी, लाइफब्याई साबुन ५ पिस, माक्स र आधा लिटर सेनिटाइजर उपलब्ध गराएको छ । हरवाचरवालाई लक्षित गरि उपलब्ध गराएको राहतले स्थानीयवासी हर्षित भएका छन् । कोरोना संक्रमणको यो अवस्थामा रोजीरोटीको समस्या भइरहेको अवस्थामा यस किसिमको राहतले धेरै ठूलो सहयोग भएको स्थानीय जसकरण साहले बताए । धनगढीमाई र लहान नगरपालिका गरी दूई सय हरवाचरवालाई राहत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

रास्वपाबाट टिकट नपाए ...

उमेश कुमार साह बोदे बर्साईन । सप्तरी क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...

लागु औषध विरुद्धको स ...

लहान, ०८ माघ । लागूऔषधको बढ्दो दुर्व्यसन नियन्त्रण गर्दै युवालाई सकारात्मक बाटोमा डोर्‍याउन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१