Siraha Times
ताजा समाचार

सिरहाका १७ वटै पालिकाका मुसहर किशोरीलाई व्यवसायोन्मुख गर्न साहस सक्रिय

  • असोज १५, २०७८
  • १५०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १५ असोज । सिरहाको १७ वटै पालिकामा रहेका मुसहर समूदायका १५ देखि १८ बर्ष उमेरकी ९ सय ९६ किशोरीमा परिवर्तन देखिन थालेको छ । जीवन उपयोगी सीप र बितीय साक्षरताको कक्षामा समावेश भएर साना व्यवसायमा लागेर सयौ मुसहर किशोरी सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न थालेका छन् । व्यवसाय गर्न चाह्नेहरुलाई सिकाई केन्द्र संचालन गर्ने सहयोगी हातहरुको समूह(साहस नेपाल)ले आवश्यक समानहरु उपलब्ध गराउने गरेको परियोजनाका डा.मनोजकुमार श्रापले बताए । किशोरीहरु मध्ये धेरैले हाँस पालन, मोःमो चाउमिन खाजा पसल, किराना पसल, तरकारी पसल तथा अण्डा बिक्री केन्द्र संचालन गरिरहेकी छिन् । व्यवसाय संचालनका लागि किशोरीलाई थप व्यवसायिक तालिमहरु दिइएको छ । व्यवसाय संचालन गर्ने अधिकांश किशोरीहरुको बचत गर्ने खाता सहकारी संस्थाहरुमा खोलिएको छ । बित्तिय कारोबारमा जोडिएकी यी किशोरीहरु आफ्नो परिवारकी पहिलो ब्यक्ति हुन । अधिकांश मुसहर समूदाय बित्तीय कारोबार भन्दा बाहिर छन् अर्थात कुनै पनि बैंकमा उनीहरुको खाता छैन ।

सार्वजनिक जग्गामा छाप्रो बनाएर जीवनयापन गर्ने गर्ने यी समूदायलाई राज्यले अहिलेसम्म जग्गा उपलब्ध गराएको छैन । यस समूदायमा शिक्षाको अभाव टार्न र बालबिबाहको समस्या समाधान गर्न साना व्यवसायमा किशोरीहरुको सहभागिताले केही मद्दत पुगेको सहास नेपालका सिरहा संयोजक किशोर कर्णले बताए । उनले स्ट्रीट चाइल्ड अफ नेपालको साझेदारीमा मार्जिनलाइज्ड नो मोर परियोजना अन्तर्गत सिरहा जिल्लाभित्र रहेको १७ वटै पालिकामा सिकाई केन्द्र संचालनमा रहेको जानकारी दिए । मार्जिनलाइज्ड नो मोर परियोजना अन्तर्गत जिविको पार्जन कार्यक्रममा जिल्लाभरी १ सय १५ र ७ सय १२ किशोरीलाई व्यवसाय संचालन गर्न समाग्री बितरण गरिएको सहास नेपालकी गीता चौधरीले बताइन् । किशोरीहरुलाई सहास नेपालले व्यवसाय उन्मुख गराउँन सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१