Siraha Times
ताजा समाचार

नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित

  • भदौ १५, २०७८
  • ६६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज, १५ भदाै । पर्सामा गठन भएको नेकपा एमाले माधवकुमार नेपाल समूहको समानान्तर कमिटी नै नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरण भएको छ । बालगाेपाल थापाकाे नेतृत्वमा बनेको सिंगो समानान्तर कमिटी माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेको हो । जिल्ला सचिवालयकाे मंगलबार बसेकाे बैठकले सिंगो जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेकाे अध्यक्ष थापाले वताए । जिल्लाकाे सदरमुकाम वीरगंजमा बसेकाे सचिवालयकाे बैठकले प्रतिगमन बिरोधि आन्दोलनले एमाले भित्र संगठित गरेको समानान्तर कमिटी माधव नेपाल नेतृत्वकाे नेकपा (एकिकृत समाजवादी)मा समाहित हुने निर्णय गरेकाे उनले जानकारी दिए । नेकपा (एकिकृत समाजवादी)का केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहकाे प्रमुख आतिथ्यमा बसेको बैठकले नवगठित जिल्ला कमिटीकाे सपथ ग्रहण वीरगंज बसपार्कस्थित साेल्टी पार्टी प्यालेसमा भदाै २६ गते गर्ने निर्णय समेत गरेकाे छ ।

साथै अग्रगमनका पक्षधर र इमान्दार कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुलाई नेकपा एकिकृत समाजवादी पार्टी समाहित हुन आवहान गरेकाे जिल्ला सचिव बिक्रम चाैरसियाले वताए । बैठकमा वीरगंज महानगर कमिटीका अध्यक्ष मनाेज चाैधरी, प्रदेश कमिटीका सदस्यहरु किशाेरी कुशवाहा, याेगेन्द्र यादव लगायतकाे उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१