तालिबानले लागू गर्छु भनेको सरिया कानुन कत्तिको कठोर छ?

  • भदौ ३, २०७८
  • १०८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अफगानिस्तान कब्जा गर्न सफल तालिबान संगठनले आफूले गर्ने शासन इस्लामको सरिया कानुनअनुसार हुने बताइरहेको छ।राजधानी काबुल कब्जा गर्दै राष्ट्रपति असरफ गनीलाई देश छाडेर भाग्न बाध्य बनाइसकेपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा ​तालिबानका प्रवक्ताले सञ्चारमाध्यम र महिलाको अधिकारजस्ता मुद्दा ‘इस्लामी कानुनको ढाँचाबमोजिम’ समाधान गरिने बताए। तर तालिबानले व्यवहारमा यसको अर्थ के हो भनेर अहिलेसम्म बताएको छैन। वास्तवमा यसअघि तालिबान सत्तामा हुँदा महिलालाई पढ्न र काम गर्न अनुमति दिइएको थिएन। ८ वर्षको उमेरदेखि महिलाले बुर्का (शिरदेखि पाउसम्म ढाकिने कपडा) लगाउनपर्थ्यो।

यति मात्र होइन, महिलालाई घर बाहिर जाने अनुमति त्यतिबेला मात्र दिइन्थ्यो, जतिबेला उनीसँग नातेदार कोही पुरुष साथमा हुन्थ्यो। यी नियम उल्लंघन गर्ने महिलालाई सार्वजनिक स्थानमा कोर्रा लगाइन्थ्यो। 

सरिया के हो? 
सरिया कानुन इस्लामको कानुनी प्रणाली हो। यो कानुन सबैभन्दा महत्त्वपूर्ण पुस्तक ‘कुरआन’ र इस्लामी विद्वानका निर्णय अर्थात् ‘फतवा’ यी दुवै मिलाएर बनाइएको हो। ​

सरियाको शाब्दिक अर्थ– ‘पानीको एक स्पष्ट र व्यवस्थित बाटो’ हुन्छ। 

सरिया कानुनले जीवनको बाटो बताइदिन्छ। सबै मुसलमानले यसको पालना गर्ने संकल्प गर्छन्। यसमा प्रार्थना, उपवास र गरिबलाई दान गर्न निर्देश गरिएको छ।

यसको उद्देश्य मुसलमान समुदायलाई आफ्नो जीवनका हरेक पक्ष भगवानको इच्छाअनुसार कसरी सञ्चालन गर्ने भनेर बुझ्न मद्दत गर्नु हो। 

व्यवहारमा यसको अर्थ
सरिया कानुनले एक मुसलमान व्यक्तिका हरेक पक्षबारे आदेश दिन्छ। 

उदाहरणका लागि काम सकेपछि कुनै आफ्ना साथीले पबमा बोलाएका कारण  सोचमा डुबेको मुसलमानले सरिया विद्वानसँग गएर सल्लाह लिन सक्छ, जसले गर्दा उसले आफ्नो धर्मको ढाँचाभित्र रहेर व्यवहार गर्न सकोस्। 

दैनिक जीवनका अन्य क्षेत्र जस्तैः पारिवारिक कानुन, वित्त र व्यवसायका विषयमा मार्गदर्शनका लागि पनि मुसलमान व्यक्तिले सरिया कानुनको सहयोग लिन सक्छन्। 

सरिया कानुनको केही कठोर सजाय
सरिया कानुनले अपराधलाई दुई तहमा विभाजन गरेको छ। पहिलो– ‘हद’, जुन गम्भीर अपराध हो र जसका लागि अपराध नै दण्ड तोकिएको छ।  

दोस्रो– ‘तजिर’ अपराध, यसको सजाय न्यायाधीशको विवेकमा छाडिएको छ।

‘हद’वाला अपराधमा चोरी पनि पर्छ। जसमा अपराधीको हात काटेर सजाय दिन सकिन्छ। यस्तै व्यभिचार गर्नेलाई ढुंगानाले हानेर मृत्युदण्ड दिन सकिन्छ।

केही इस्लामी संगठनलको तर्क छ, ‘हद’ अपराधका लागि सजाय माग गर्दा यसका नियममा धेरै सुरक्षाको व्यवस्था गरिएको छ। यो सजाय दिनु पहिले धेरै ठोस प्रमाण आवश्यक हुन्छ। 

संयुक्त राष्ट्र संघले ढुंगाले हानेर हत्या गर्ने सजायको विरोध गरेको छ। उसले भनेको छ– यस्तो सजायले यातना वा अन्य क्रूर, अमानवीय वा अपमानजनक सजाय निम्त्याउँछ। यसकारण याे पूर्ण प्रतिबन्धित छ।

तर सबै मुस्लिम मुलुकले यस्तो सजाय दिँदैनन्। सर्वेक्षणअनुसार यस्तो अपराधमा कठोर सजाय दिने विषयमा मुसलमान समुदायका मत एकदमै फरक-फरक छन्। 

धर्म परिवर्तन गर्नेलाई फाँसीको सजाय हुन्छ?
धर्म परिवर्तन गर्नु मुसलमान समुदायबीच ठूलो विवादको विषय हो। विज्ञका अनुसार धेरैजसो मुस्लिम विद्वानले यसको सजाय मृत्यु भनेका छन्। 

तर मुस्लिम विचारकको एक अल्पसंख्यक वर्ग (विशेषगरी पश्चिमी देशसँग सम्बन्धित) आधुनिक विश्वमा यस्तो विषयमा सजाय दिने काम ईश्वरको जिम्मामा छाड्नुपर्ने मान्छन्।यस्ता विद्वानको मत के छ भने इस्लामा धर्मत्याग गर्नु कुनै खतराको विषय होइन।

निर्णय कसरी गरिन्छ? 
कुनै पनि कानुनी प्रणालीजस्तै सरिया पनि निकै जटिल छ। यसको कार्यान्वयन पूर्ण रूपमा विज्ञ र उसको बुझाइमा भरपर्छ।

​इस्लामी कानुनका न्यायाधीशले मार्गदर्शन र निर्णय जारी गर्छन्। मार्गदर्शनलाई फतवा भनिन्छ। यसलाई औपचारिक कानुनी निर्णय मानिन्छ। 

सरिया कानुनका पाँच अलग अलग स्कुल छन्। चार सुन्नी सिद्धान्त छन्– हनबली, मलिकी, सफी र हनफी। अर्काे एक सिया सिद्धान्त छ, जसलाई सिया जाफरी भनिन्छ। 

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१