Siraha Times
ताजा समाचार

सखुवान्नकारकट्टीमा ५१ सदस्यीय जेनजी समिति गठन

  • कार्तिक १८, २०८२
  • १२३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष कार्यक्रमका बीच ५१ सदस्यीय गाउँपालिका स्तरीय ‘जेनजी समिति’ गठन गरिएको छ । नवगठित समितिको संयोजकमा अरुण कुमार यादव चयन भएका छन् । पाँचवटै वडाका युवाहरूलाई समेटेर गठन गरिएको यस समितिले गाउँपालिकाभित्र देखिएका अराजकता, भ्रष्टाचार र बेथितिलाई अन्त्य गर्दै सुशासन स्थापना गर्ने मुख्य लक्ष्य लिएको बताइएको छ ।

1 8

समितिका सल्लाहकार उमेश कुमार यादवले गठनपछि पत्रकारहरूसँग कुरा गर्दै समितिले युवाहरूलाई संगठित ढंगले परिचालन गर्दै स्थानीय तहमै सकारात्मक परिवर्तनको अभियान थाल्ने जानकारी दिए । उनका अनुसार, जेनजी समूहको पहिलो कार्यसूची गाउँपालिकामा रहेका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने रहनेछ । “विद्यालय सशक्त भए समाज सशक्त बन्छ, त्यसैले हाम्रो प्राथमिकता नै शिक्षाको सुधार हो,” उनले भने । समितिका संयोजक अरुण कुमार यादवले जेनजी समूहलाई ‘युवा–शक्ति, परिवर्तन–संकल्प’ भनेर परिभाषित गर्दै कसैप्रति पक्षपात नगरी पारदर्शी, निडर र प्रतिबद्ध भई काम गरिने प्रतिबद्धता जनाए । उनले भने, “भ्रष्टाचार, अक्षमता र दुरुपयोगको खुला संरक्षण अब सह्य हुँदैन । कसैले आनाकानी गरे, कसैलाई पनि नछोडिनेछ ।” उनले जेनजीलाई ‘संगठित जन–निगरानी शक्ति’का रूपमा कार्यान्वयन गर्ने बताए ।1 9

कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार रहमुल राईनले जेनजीको इतिहास, उद्देश्य, मूल भूमिका र जिम्मेवारीबारे प्रकाश पारे । उनले वर्तमान समयलाई युवा हस्तक्षेप अत्यावश्यक भएको अवस्था बताउँदै हरेक स्थानीय तहमा जेनजी समूह गठन गरी जन उत्तरदायित्वका विषयमा दबाबमूलक भूमिका खेल्नुपर्नेमा जोड दिए । “अराजकता बढ्दै छ, नियन्त्रण कमजोर छ, जनतासँग प्रश्न छ तर आवाज सुन्ने कोही छैन । त्यसैले जेनजीजस्तो संरचना अब सशक्त विकल्प हो,” राईनले भने ।

कार्यक्रममा छिमेकी भगवानपुर र नवराजपुर गाउँपालिकाका जेनजी अगुवाहरूको पनि उपस्थिति रहेको थियो । उनीहरूले अनुभव आदान–प्रदान गर्दै सखुवान्नकारकटटीको जेनजी समितिलाई शुभकामना व्यक्त गरे । विभिन्न वक्ताहरूले जेनजीलाई ‘युवा नै राष्ट्रको मेरुदण्ड’ भन्ने राष्ट्रिय भावनासँग जोड्दै जन–जागरण, सामाजिक उत्तरदायित्व र वैकल्पिक राजनीतिक चेतनाको अभ्यासको थालनी भएको टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१