सखुवान्नकारकट्टीमा ५१ सदस्यीय जेनजी समिति गठन

  • कार्तिक १८, २०८२
  • ४४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष कार्यक्रमका बीच ५१ सदस्यीय गाउँपालिका स्तरीय ‘जेनजी समिति’ गठन गरिएको छ । नवगठित समितिको संयोजकमा अरुण कुमार यादव चयन भएका छन् । पाँचवटै वडाका युवाहरूलाई समेटेर गठन गरिएको यस समितिले गाउँपालिकाभित्र देखिएका अराजकता, भ्रष्टाचार र बेथितिलाई अन्त्य गर्दै सुशासन स्थापना गर्ने मुख्य लक्ष्य लिएको बताइएको छ ।

1 8

समितिका सल्लाहकार उमेश कुमार यादवले गठनपछि पत्रकारहरूसँग कुरा गर्दै समितिले युवाहरूलाई संगठित ढंगले परिचालन गर्दै स्थानीय तहमै सकारात्मक परिवर्तनको अभियान थाल्ने जानकारी दिए । उनका अनुसार, जेनजी समूहको पहिलो कार्यसूची गाउँपालिकामा रहेका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने रहनेछ । “विद्यालय सशक्त भए समाज सशक्त बन्छ, त्यसैले हाम्रो प्राथमिकता नै शिक्षाको सुधार हो,” उनले भने । समितिका संयोजक अरुण कुमार यादवले जेनजी समूहलाई ‘युवा–शक्ति, परिवर्तन–संकल्प’ भनेर परिभाषित गर्दै कसैप्रति पक्षपात नगरी पारदर्शी, निडर र प्रतिबद्ध भई काम गरिने प्रतिबद्धता जनाए । उनले भने, “भ्रष्टाचार, अक्षमता र दुरुपयोगको खुला संरक्षण अब सह्य हुँदैन । कसैले आनाकानी गरे, कसैलाई पनि नछोडिनेछ ।” उनले जेनजीलाई ‘संगठित जन–निगरानी शक्ति’का रूपमा कार्यान्वयन गर्ने बताए ।1 9

कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार रहमुल राईनले जेनजीको इतिहास, उद्देश्य, मूल भूमिका र जिम्मेवारीबारे प्रकाश पारे । उनले वर्तमान समयलाई युवा हस्तक्षेप अत्यावश्यक भएको अवस्था बताउँदै हरेक स्थानीय तहमा जेनजी समूह गठन गरी जन उत्तरदायित्वका विषयमा दबाबमूलक भूमिका खेल्नुपर्नेमा जोड दिए । “अराजकता बढ्दै छ, नियन्त्रण कमजोर छ, जनतासँग प्रश्न छ तर आवाज सुन्ने कोही छैन । त्यसैले जेनजीजस्तो संरचना अब सशक्त विकल्प हो,” राईनले भने ।

कार्यक्रममा छिमेकी भगवानपुर र नवराजपुर गाउँपालिकाका जेनजी अगुवाहरूको पनि उपस्थिति रहेको थियो । उनीहरूले अनुभव आदान–प्रदान गर्दै सखुवान्नकारकटटीको जेनजी समितिलाई शुभकामना व्यक्त गरे । विभिन्न वक्ताहरूले जेनजीलाई ‘युवा नै राष्ट्रको मेरुदण्ड’ भन्ने राष्ट्रिय भावनासँग जोड्दै जन–जागरण, सामाजिक उत्तरदायित्व र वैकल्पिक राजनीतिक चेतनाको अभ्यासको थालनी भएको टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

गोलबजारमा लागुऔषधसहि ...

लहान कात्तिक १८ । सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोहर्वास्थित जनता नमुना माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१