Siraha Times
ताजा समाचार

सितापुर स्वास्थ्य चौकीमा मनपरी सेवाग्राही मारमा

  • कार्तिक १८, २०८२
  • १३४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिरामीहरू कर्मचारीको मनपरी र गैरजिम्मेवारपूर्ण व्यवहारका कारण दिनदिनै हैरान भइरहेको जनगुनासो सार्वजनिक भएको छ। ७ जना कर्मचारी रहेका उक्त स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर रहेको भए पनि २४ घण्टै सेवा उपलब्ध हुनुपर्ने ठाउँमा समयमै कर्मचारी नहुँदा मारमा परेका छन्।

यस विषयमा तराई मधेश खबरका सहकर्मी विवेक परियार मार्गानुगामीका सम्बाददाता मनोज कुमार यादवलाई गाउँवासीहरूले प्रत्यक्ष प्रमाणसहित गुनासो सुनाएका छन्। गुनासो मात्र होइन, स्वास्थ्य चौकीमै रहेका अभिलेख, कर्मचारीको हाजिरी र सेवाग्राहीको अनुभवले ‘अनियमितता’ पुष्टि गरेको छ। स्वास्थ्य चौकीका प्रमुख अरोध कुमार यादवका अनुसार नियमित कर्मचारीको अनुपस्थितिका कारण वर्षौंदेखि सेवा प्रभावित भएको हो। यादवका भनाइमा, “विगत १ वर्षदेखि कर्मचारी श्याम कुमारी यादव नियमित रूपमा ड्युटीमा उपस्थित हुदैन उपस्थित नभए पनि उनले पूर्ण तलब बुझीरहेकी छिन्।” उनले थपे, “यस्तो समस्या बारम्बार सम्बोधन गर्न माथिल्लो निकायमा सूचना पठाएको छ तर कारबाहीको प्रक्रिया अघि बढेको छैन।”

त्यस्तै अर्की कर्मचारी सुनिता कुमारी सिंहको व्यवहारप्रति पनि सेवा लिन आउने महिलादेखि वृद्धसम्म सबै असन्तुष्ट देखिन्छन्। ढिलो आउँने, समयमा सेवा नदिने, बिरामीसँग अभद्र भाषामा प्रतिक्रिया दिने जस्ता गुनासो दर्जनौँ भेटिन्छन्। “उनको रबैया त डरलाग्दो नै छ, कर्मचारी जस्तो होइन, जाँचाउन आएका बिरामीलाई झर्केर बोल्ने मान्ने कोही सैनिक अधिकारी जस्तै बर्ताव गर्छिन्।”

गाउँवासीका अनुसार स्वास्थ्य चौकीमा न त प्रसूति हुने महिलालाई आवश्यक समयमा सुत्केरी सेवा मिल्छ, न त आकस्मिक रोगीलाई समयमा उपचार। वर्थिङ सेन्टर भएर पनि राति कुनै कर्मचारी नबस्ने, आपत्कालीन सेवा कहाँ लिने जस्ता गुनासो गरे । स्वास्थ्य चौकीबाट निराश भएका केही महिलाहरूले भने, “हामी प्रसूति गराउन जान्छौं, तर कर्मचारी नभएपछि निजी क्लिनिक जानुपर्ने बाध्यता छ। सरकारको निःशुल्क सेवा भन्नेा ठाउँमा पैसा र पीडा दुबै भोग्नुपरेको छ।” स्थानीयवासीले अब कर्मचारीको मनपरी र लापरबाहीप्रति छानबिन गरी कडा कारबाहीको माग गरेका छन्। उनीहरू भन्छन् – “स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा ‘तलब खान मात्र आउने’ कर्मचारीले होइन, सेवाभावसहित काम गर्ने मान्छे चाहिन्छ।”

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१