साना किसान कृषि सहकारीको १९औं साधारणसभा सम्पन्न, २१ बालबालिकालाई बीमा रकम हस्तान्तरण

  • कार्तिक १८, २०८२
  • ५९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव सप्तरी कात्तिक १८ । सप्तरीको खडक नगरपालिका–१ सिस्वा बेल्हीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा हिजो सोमबार एक औपचारिक समारोहबीच सम्पन्न भएको छ। सहकारीका अध्यक्ष विष्णुदेव मण्डलको अध्यक्षता तथा खडक नगरपालिकाका मेयर जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा विभिन्न सहकारी प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, बुद्धिजीवी तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो। 

साधारणसभामा सहकारीका गतिविधि, आर्थिक प्रतिवेदन, भविष्यका योजना प्रस्तुत गरिएको थियो। सहकारीले विगतदेखि नै सदस्यहरूबीच निक्षेप संकलन, सहुलियतपूर्ण ऋण प्रवाह, असुली व्यवस्थापन, व्यवसायिक तालिम सञ्चालन, रेमिट्यान्स सेवा र पशु बीमा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी सभामा दिइयो। सहकारीका गतिविधिले कृषक तथा ग्रामीण समुदायको आर्थिक सबलीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताइएको छ।

यस वर्षको साधारणसभाको विशेष आकर्षण भने सबल नेपाल र सेभ द चिल्ड्रेनद्वारा सञ्चालित समुन्नति परियोजनाबाट प्राप्त सहयोग रहेको छ। परियोजनाले बाल अक्षय तथा घुम्ती कोष मार्फत साना किसान सहकारीलाई रु. ५ लाख सहयोग गरेको हो। उक्त कोषमार्फत २१ जना असहाय, विपन्न र पिछडिएका बालबालिकाको हकमा मासिक रु. ३०० का दरले एक वर्षका लागि रु. ३६०० तथा शैक्षिक सामग्री वितरण गरिएको सहकारीले जानकारी गराएको छ। यसबाहेक सबल नेपाल र सेभ द चिल्ड्रेनले बाल कोष सुदृढीकरणका लागि यसै हप्ता अतिरिक्त रु. ६५ हजार उपलब्ध गराउने प्रतिबद्धता गरेको छ। उक्त तथ्याङ्क तथा सहयोगबारे जानकारी सबल नेपालका फिल्ड संयोजक अशोक कुमार साहले दिएका हुन्।

साधारणसभामा खडक नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजकुमार साह, वडा नं. २ का अध्यक्ष हरेराम मण्डल, वडा नं. ८ का अध्यक्ष बिन्दुलाल चौधरी, रामनगर साना किसान सहकारीका अध्यक्ष रामचन्द्र यादव, छिन्नमस्ताका अध्यक्ष श्याम नारायण यादव, सिस्वा बेल्ही प्रहरी चौकीका इन्चार्ज फुलगेन मण्डल, सवल नेपालका फिल्ड सुपरभाइजर अशोक कुमार साह लगायतका अतिथिहरूको उपस्थिति थियो। वक्ताहरूले सहकारीको भूमिकालाई सराहना गर्दै ग्रामीण आर्थिक विकासका लागि सहकारी आन्दोलनलाई अझ सशक्त रूपमा अगाडि बढाउन सुझाव दिए।  कार्यक्रममै सहकारी संस्थाद्वारा पशु बिमा बापतका रकम  वडा नं. ८ का अध्यक्ष बिन्दुलाल चौधरीले आफ्नै हातबाट बिमा रकम बापत रु. ८० हजारको चेक शान्ति कुमारी चौधरीलाई  हस्तान्तरण गरे ।

सहकारीले आगामी वर्षका लागि सदस्य विस्तार, कृषि क्षेत्रमा प्रविधिमैत्री कार्यक्रम, महिला समूह सशक्तीकरण, दिगो कृषि अभ्यासका लागि लगानी अभिवृद्धि, र स्थानीय उत्पादनलाई बजार जडानका उपायहरू अवलम्बन गर्ने योजना प्रस्तुत गरेको छ। २०८१/०८२ को आय–व्यय २,१२,८४,५९९.६२ सहितको प्रतिवेदन संस्थाका प्रबन्धक श्रवन कुमार साहले प्रस्तुत गरेका थिए भने लेखा सम्बन्धी प्रतिवेदन लेखा संयोजक सुरेश प्रसाद श्रेष्ठले बाचन गरेका थिए। सहकारीसम्बन्धी समग्र प्रतिवेदन अध्यक्ष विष्णुदेव मण्डलले प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि मेयर जयप्रकाश चौधरीले सहकारीलाई ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भन्दै यसको पारदर्शिता, सदुपयोग र जनमुखी गतिविधि विस्तारमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। साधारणसभा धन्यवाद ज्ञापनसँगै सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

अभिभावक कार्ड लागू भ ...

रहमुल लहान १ मंसिर । सिरहाको सखुवानन्कारकट्टी–४, सिमराहामा अभिभावक कार्ड वितरणसँगै आधारभूत विद ...

लहान नगरपालिका–२३ गा ...

रहमुल लहान मङ्सिर ०१ । सिरहाको लहान नगरपालिका २३ स्थित गाढा चौकमा हालै जडान गरिएको हायमास ...

लहानमा कानको विशेष उ ...

ओम प्रकाश यादव लहान मङ्सिर ०१ । सिरहा जिल्लाको लहानमा निजी क्षेत्रको पहलमा पहिलोपटक कानको विशेष उपचा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१