ताजा समाचार

गैर अवासिय नेपाली संघ कतारको समन्वयमा मानव कल्याणकारी संस्था कतारद्वारा स्वास्थ्य सामग्री सहयोग

  • साउन ११, २०७८
  • ११९२ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकबाल राम दोहा - बिश्वव्यापी (कोभिड-१९)कोरोना भाईरसबाट आक्रान्त भई रहेको अबस्थामा कतार सरकारले यसको रोकथाम तथा  नियन्त्रणको गर्ने क्रममा आफ्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान व्यबहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीमा महत्त्वपूर्ण भुमिका अपनाउदै आएको छ।

यस सतर्कता तथा सावधानी कदमहरुलाई प्रभावकारी बनाऊन मानव कल्याणकारी संस्था कतार चारेटीद्वारा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा २०० बक्स (१००*३०=६००० पीस ठूलो साईज) र १०० बक्स (१००*१४४=१४४०० पीस सानो साईज) टोटल ३०० बक्स (२०४०० पीस) नेपालि समुदायको लगि सेनिटाईजर उपलब्ध गराएको गैर आवासीय नेपाली संघ कतारका नवनिर्वाचित कार्यसमितिका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले  बलासुन्दरी खबरलाई जानकारी गराएका छन ।

उक्त प्राप्त सहयोगलाई कतारका बिभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरूलाई बितरण गर्ने जनाएको छ ।उक्त प्राप्त स्वास्थ्य सहयोग ठुलो मात्राको रहेकोले यसले नेपाली समुदायलाई ठुलो राहत पुग्ने पनि जनाएको छ ।साथै उक्त प्राप्त सहयोगको सबै विवरण  अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले सामाजिक संजाल फेसबूक मार्फत सार्वजनिक गर्दै सम्पूर्णमा जानकारी गराएका थिए।

कतार सरकार तथा उक्त सेनिटाईजर उपलब्ध गराऊने कतार चारेटी तथा क़तार च्यारिटिका सम्पूर्ण पदाधिकारीहरूलाई अध्यक्ष मुसलमानले गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तारको तर्फबाट हार्दिक आभार सहित धन्यबाद समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤