Siraha Times
ताजा समाचार

सुकेटार विमानस्थलमा जहाज अवतरण

  • असार २६, २०७८
  • ६१८ पटक पढिएको
  • रामएकवाल राम
alt

ताप्लेजुङ - कोभिड-१९ को कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ ।

कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो । नेपाल वायु सेवा निगमको जहाजले काठमाडौँबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो । ताप्लेजुङबाट १६ जना यात्रु लिएर जहाज काठमाडौँ फर्केको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले बताउनुभयो ।

निगमले गत सोमबारदेखि नै नियमित उडान शुरु गरेको थियो । गत सोमबार काठमाडौँबाट नौ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेपछि जहाज पुनः काठमाडौँ फर्केको थियो । सोमबार अवतरण हुन नसकेको जहाज आज अवतरण भएको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लिम्बुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘सुनौलो हजार ...

ओम प्रकाश यादव लहान, वैशाख २० । मातृ तथा शिशु स्वास्थ्य सुदृढ गर्ने उद्देश्यले लहान नगरपालिकामा &lsq ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २० वैशाख । नेशनल मेडिकल कलेजको आयोजनामा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज&rsq ...

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१