रौतहट - रौतहटमा बलात्कार आरोपमा नेपाली काँग्रेसका एक स्थानीय नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कांग्रेसका स्थानीय नेता ५० वर्षीय नागेश्वर कुश्वाहा रहेका छन् । स्थानीय एकजना विवाहित महिलालाई करणी गरेको आरोपमा कुश्वाहामाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान अघि बढाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताउनु भयो ।
३ दिनअघि उनले पीडित महिलालाई केही घरायसी प्रयोगको सामान खरिद गर्न भनी आफ्नो मोटरसाइकलमा राखेर गरुडा बजारतर्फ लगेका थिए ।बजार भन्दा केहीवरै पर्ने किनारको कांसघारीमा लगेर उनले जबरजस्ती करणी गरेको महिलाले मौखिक उजुरी दिए पछि आएपछि थप कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको प्रहरीको भनाइ छ ।