ताजा समाचार

एमालेको नेपाल पक्षले मत दिँदा जोगियो सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्रीको पद

  • जेठ २५, २०७८
  • ५७० पटक पढिएको
  • रामएकवाल राम
alt

कैलाली ।सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । मङ्गलवार (आज) भएको मतदानमा उनको पक्षमा ३० र विपक्षमा नौ मत खसेको छ ।

प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखसहित २५, माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना सांसद छन् ।मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षका १७ जना सांसदले मत दिएका छन् । एमालेको ओली पक्षका सात र जनता समाजवादी पार्टीका दुई जना सांसदले भने विपक्षमा मत दिए ।

५२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक थियो । प्रदेश सभामा माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका दुई जना प्रदेश सभा सदस्य छन् ।कांग्रेसका १२ जनाले मतदानमा भाग लिएनन् । एमालेको नेपाल पक्षले मत दिएपछि कांग्रेस सांसद तटस्थ बसेका हुन् ।

आज बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।त्यस्तै कांग्रेस संसदीय दलको बैठकले आवश्यक परेमा विश्वासको मत दिने निर्णय गरेको थियो । एमालेकै सांसदले विश्वासको मत पुगेपछि कांग्रेसका सांसद मतदानमा सहभागी भएनन् ।

मुख्यमन्त्री भट्टले प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत लिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤