ताजा समाचार

राहत सहयोगको अभियानमा समाज सेबि महताेको नेतृत्व

समाज सेबि अभियानताको एक समुह द्धारा राहत सहयोग

  • जेठ २४, २०७८
  • १०४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह महतो सिरहा लहान २४ जेष्ठ - एक समाजिक संस्थाले राहत संकलन गरी राहत वितरणमा सहयोग गर्दै अभियानमा लागेका छन् । कुशवाहा राहत सङ्कलन तथा बितरण अभियानका संयाेजक गुणानन्द महताेकाे टोलीले बिराटनगर १,५, र १२ का गरिब तथा अति बिपन्न ३० परिवारमा खाद्यान्न सामाग्री बितरण गरेको छ । स्थानीय हरुले खाद्यान्न सामग्री चामल,दाल,नुन र तेल पाउँदा निकै खुसी भएको कुशवाहा राहत सङ्कलन अभियानको सदस्य तथा अभियन्ता रामनारायण मेहनतले जानकारी गराए ।

बन्दा बन्दीको समय लम्बियो भने फेरी राहत सामाग्री लिएर आउने बताउँदै अभियन्ता सुरेश महतोले समाजिक दुरि कायम गरी बस्नु घरमै बस्नु सुरक्षित भएर बस्न आग्रह गरे । अभियन्ता बब्लु मेहताले दोस्रो चरणको अभियान मा खाद्यान्न सामाग्री उपलब्ध गराएकोे बताए । खाद्यान्न सामाग्री महानगरको सबै वडाका गरिब तथा अति बिपन्न परिवार बाढ्ने सम्पूर्ण तयारी भैसकेको बताउँदै अभियानका संयोजक गुनानन्द महतोले बिस्तारै सबै घरमा जाने जनाकारी दिए ।

अभियानका सदस्य मङ्गल महतोले सबै सहयोगी हातहरुलाई आ आफ्नो ठाउँबाट स्वेच्छाले सक्ने सहयोग गरी अभियान सफल बनाईदिन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤