चिम्नी इटा भट्टाबाट मानव स्वास्थ्यमा प्रत्यक्ष असर;धुवाँ व्यवस्थापन गर्न सञ्चालकहरु उदासीन

चिम्नी सञ्चालक महामहिम धुवाँ व्यवस्थापनमा उदासीन

  • जेठ २४, २०७८
  • १४६४ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदार लहान / जेठ २४ सोमबार। मानव स्वास्थ्यको रक्षा सँगै वातावरण संरक्षण प्रत्येक राज्यको दायित्व अन्तर्गत पर्दछ।वातावरण भन्नाले हाम्रो सेरोफेरोमा रहेको जमिन , हावा , पानी , माटो , वनस्पति , ठोस वस्तु , वन्यजन्तु जन्तु , फोहोरमैला , वन जङ्गल सबैलाई बुझाउँछ।वातावरण प्राकृतिक र साँस्कृतिक गरी २ प्रकारका हुन्छ ।

वातावरण एक बृहत विषय हो । जसले प्राकृतिक साँस्कृतिक र सामाजिक प्रणालीहरु , आर्थिक तथा मानवीय क्रियाकलापहरु र यिनका आवश्यकताहरु तथा यीनीहरुबीच अन्तरक्रिया र अन्तरसम्बन्ध जनाउँछ। भट्टाबाट चिम्नी सञ्चालकले फाइदा लिइरहेका छन , र त्यसको प्रत्यक्ष प्रभाव निमुखा जनताको दीर्घकालीन जीवनमा पर्छ "आफू पनि बचौँ र अरुलाई पनि बचाउ " नारा लिएर अगाडि बढनु पर्ने देखिन्छ ।

राष्ट्रको हरेक जिल्ला भित्र महानगरपालिका , उप-महानगरपालिका , नगरपालिका , गाउँपालिकाहरुमा प्रयाप्त चिम्नी भट्टा रहेको देखिन्छ । जसमध्ये सिराहा जिल्ला भरि स्थानीयका गोलबजार नगरपालिकामा मानिसको वातावरण प्रदुषणका कारण मृत्यु हुने गरेका छन। इट्टा भट्टाले मानव शरीरमा गम्भीर असर पुर्याउँछ । त्यसैले मानव बस्तीमा इट्टा भट्टा खोल्न दिनु भनेको आफ्नो हत्या आफैँ गर्नु जस्तै हो। आखिर किन , त मौन चिम्नी सञ्चालक ? गोलबजार नगरपालिका , लहान नगरपालिका , सिरहा नगरपालिका लगायत हरेक स्थानीयमा धेरै सार्वजनिक स्थलहरु भएकाले उक्त जग्गालाई विभिन्न किसिमको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।

सुझावका लागि :-

• वातावरण प्रदुषण रोक्नका निम्ति वृक्षारोपण गरौँ ।

• वन जङ्गल फडानी नगरौं ।

• पुराना सवारी साधन चलाउन रोक लगाऊ।

• उधोग कलकारखानालाई उचित व्यवस्थापनमा ध्यान जाअोस। वातावरण स्वच्छ भएमा मात्र हामी निरोगी बन्न सक्छौ।त्यसैले वातावरण स्वच्छ राख्नु हामी सबैको दायित्व पनि हो ।

प्रदुषण भन्नले कुनै पनि मानवीय गतिविधिको कारण यस संसारको पाँच भौतिक तत्वहरु ( हावा , पानी , माटो , आगो र आकाश अन्तरिक्ष ) जस्ता तत्त्वहरुमा हुने विकृति अर्थात वातावरणमा पार्ने असर अन्तत: पृथ्वीमा भएको प्रणालीहरुको स्वास्थ्यमा पार्ने प्रतिकुल प्रभावलाई नै प्रदुषण भनिन्छ । प्रदुषण मुख्यतः ४ प्रकारका वायु प्रदुषण , जल प्रदुषण , ध्वनि प्रदुषण , माटो प्रदुषण हुन्छ । वातावरणबाट हामीले प्रत्यक्ष लाभ जस्तै गाँस , बाँस , कपास तथा अप्रत्यक्ष लाभ जस्तै जलचक्र , पोषक तत्वको चक्र , परागसेचन , माटो निर्माण आदि पाइरहेका हुन्छौं ।

वर्तमान समयमा बढदो जनसंख्याको चाप प्राकृतिक स्रोत , साधन माथि पर्दा प्रमुख रुपमा रहेको वातावरणीय समस्याहरुमध्ये वायु प्रदुषण पानी र माटोको प्रदुषण , जलवायु परिवर्तन , वातावरणीय विनाश साथै मानवीय सिर्जित वातावरणीय समस्या आदि बढ्दै गइरहेका छन। नेपालमा पनि वातावरणी विनाश बढ्दो दर र त्यसको व्यवस्थापनका लागि विश्वव्यापी चासोबाट अछुत रहन सक्दैन । मानव जातिले आफ्ना मौलिक आवश्यकता पूरा गर्न विभिन्न खालका पुर्वाधार एवंम भौतिक संरचनाले गर्दा वातावरण सन्तुलनमा समेत असर पारेको छ।

वर्तमानका पुस्ताले भावी पुस्तालाई स्वास्थ्य पृथ्वी हस्तान्तरण गर्नु , पछि दिगो विकासको मुल मर्म र भावनालाई आत्मसाथ गर्दा मानवीय क्रियाकलापका हरेक अध्याय कुनै न कुनै रुपमा वातावरणसँग गाँसिएको हुन्छ । उधोग कलकारखाना विना जीवन उकास्न असम्भव छ। ईट्टा चिम्नी भट्टाले मानिस घर बनाउनमा मुलत: प्रयोग गर्न सकिन्छ । साधारण घर र आधुनिक धर बनाइन्छ । साधारणमा फुसको घर:- दाउरा , बाँस , काठ , पराल , जास्तापाता , माटो आदि । आधुनिक घर:- इट्टा , सिमेन्ट , बालुवा , रड , गिट्टी आदि द्वारा घर बनाइन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहाको मौवाहीमा स्व ...

ओम प्रकाश यादव लहान, २६ बैशाख । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–१, मौवाहीमा निर्माण ...

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१