ताजा समाचार

सिरहाका एक पूर्व सासंद तथा पुराना कम्युनिष्ट नेता वाइवाको निधन

  • जेठ २१, २०७८
  • ९६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान जेठ २१ गते।सिरहाका एक पूर्व सासंद तथा पुराना कम्युनिष्ट नेता विष्णुलाल वाइवाको निधन भएको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहेका सिरहाको कर्जन्हा निवासी ७८ वर्षीय वाइवाको उपचारको क्रममा मा बिहीबार साँझ झापामा निधन भएको हो । तीन साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि झापाको आम्दा अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा सोही हस्पिटलमा उनको मृत्यु भएको बताइएको छ। एक साताअघि गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आए पनि फोक्सोको निमोनिया ठिक नहुँदा उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । वाइवा २०४८ सालमा संयुक्त जनमोर्चाको तर्फबाट सिरहाबाट सांसद निर्वाचित भएका थिए । उहाँ कम्यूनिष्ट आदर्श र सोशित पीडित जनता प्रति समर्पित नेताको रुपमा लोकप्रिय बनेका थिए। वाइवाकाे निधनले कम्युनिस्ट नेता कार्यकर्ता तथा कर्जन्हा बासीहरु गहिरो शाेकमा डुबेकाे छ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤