ताजा समाचार

सबैलामा भ्रष्टाचार विरोधी सर्वदलीय संघर्ष समितिमा यादव

  • जेठ २०, २०७८
  • २१३१ पटक पढिएको
  • रामएकवाल राम
alt

 मनोज पासवान जनकपुरधाम - नगरपालिकामा बढ्दो भ्रष्टाचार विरुद्ध सर्वदलीय संघर्ष समिति गठन भएको छ । बुधबार सबैला -१०, खरिहानीमा बसेको सर्वदलीय भेलाले जसपा नेता एवम् प्रेस मञ्च नेपालका प्रदेश अध्यक्ष सुरेश यादवको संयोजकत्वमा संघर्ष समिति गठन भएको हो ।

समितिको सहसंयोजकमा माओवादीका नेता विजय साह, नेपाली काँग्रेसका मिथिला साह, एमालेका धुपनारायण यादव र जसपाका विक्रम यादव लगायत ५१ सदस्य चयन भएका छन् । समितिले सबै वडा र नगरपालिकामा भइरहेको अनियमितता विरुद्ध सशक्त रुपमा आवाज उठाउने र भ्रष्टाचारीलाई कार्वाही गराउन संघर्ष गर्ने सहसंयोजक साहले जानकारी गराए ।

नगर र वडाहरुमा भइरहेको चरम अनियमितता विरुद्ध आवाज नउठाए जनताप्रति बेइमानी हुने हुँदा बाध्य भएर आफ्नै दलका मेयर विरुद्ध संघर्षमा उत्रिनु परेको अर्का संयोजक मिथिला साहले बताए ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤