कदमाहामा रहेको जोन प्राविधिक ईकाईमा कर्मचारी तथा प्रमुखको मिलोमतोमा ब्यापक भ्रष्टाचार

सम्झौता बिवाद समाधानका दिन सम्पूर्ण कर्मचारीहरु कार्यालय छाडेर फरार

  • जेठ २०, २०७८
  • १६४८ पटक पढिएको
  • रामएकवाल राम
alt

  रोहित कुमार मण्डल सप्तरी (कदमाहा) २० जेठ । सप्तरीको सुरुङ्गा नगरपालिका – ४ कदमाहा स्थित रहेको जोन प्राविधिक ईकाईका प्रमुखले ब्यापक भ्रष्टाचार भएको किसानहरुले आरोप लगाए पछि समस्या समाधानका लागि परियोजना कार्यालय निम्ति प्रमुख तथा पशुचिकित्सक डाक्टर बिनोद कुमार यादवले किसानहरुसंग छलफल तथा सम्भौताका लागि समय सिमा तोके पनि उतm दिन सम्मपूर्ण कार्यालयका कर्मचारीहरु कार्यालय छाडेर फरार भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई धनगढी सिरहा अन्तर्गत पर्ने जोन प्राविधिक ईकाई कदमाहामा लाखौं रकमको हिनामिना भएको सप्तरीका किसानले पत्रकार सम्मेलनमा गुनासो पोखेका छन । हामीहरुको समस्या समाधान भएन भने बाध्य भएर कार्यालयमा तालाबन्दी गरिने समेत चेतावनी दिएका छन् । परियोजना कार्यालय प्रमुख रविन्द्र महथाले आँप जोनलगायत अन्य जोनमा समेत ब्यापक अनियमितता गरेको खुलासा भएको छ ।

परियोजनाको कुनैपनि कार्यक्रममा संचालक समिति सदस्य, कार्यालय प्रमुख र प्राविधिक समितिको रोहवरमा निर्णय हुनुपर्ने कानुनी प्रावधान रहेपनि कार्यालय प्रमुख महथाले संचालक समिति सदस्यलाई कुनै जानकारी नदिई कर्मचारीहरुको समेत मिलोमतोमा निर्णय गर्ने गरेका छन । प्रमुख महथाको एकलौटी निर्णयविरुद्ध आँप जोन कदमाहाका सञ्चालक समितिका संयोजक रामकुमार यादव तथा किसानहरुले घोर आपत्ति जनाएका छन । स्थानीय कृषक समुहका किसान रमेश चौधरी लगायत कृषि समूह कृषि सहकारीका प्रतिनिधिहरुले समेत महथाको काम गर्ने रविया प्रति असन्तुष्टि जनाउदै चलखेल भएको रकमको सम्बन्धमा छानबिन तथा दोषिलाई र्काबाहीको लागी सुरुङ्गा नगर पालिका प्रमुख मुतिmनाथ चौधरी तथा प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरी तथा संसद नमिता चौधरीलाई किसानहरुले ज्ञापन पत्र समेत बुझाएका छन् ।

कृषक समुहका प्रतिनिधि दिनेश यादवका अनुसार, प्रमुख महथाले प्राविधिकहरु संगको मिलोमतोमा लाखौं रकम हिनामिना गरेको छ । समिति संयोजक रामकुमार यादवका अनुसार, माटो शिविर, साना सिचाई लगायतमा समेत ब्यापक अनियमितता भएको छ । साना सिचाईको लागि सुचीकृत समुह, सहकारीका किसान, कृषि उद्यमी, कृषि ब्यापारी लाई बोरिङ र मोटर दिईने गरिन्छ । उक्त कार्यक्रमको लागि रु.२४ लाख ७५ हजार रकम छुट्टाईएको छ तर प्रमुख महथाले त्यसमा समेत अनियमितता गरेको संयोजक यादवले बताए ।

उनको अनुसार, महथाले चोरीचोरी एस्टिमेट बनाई कमिशनको चलखेलमा सूचीकृतमा नपरेका ब्यापारीबाट सामान खरिद गरेका छन । प्रत्येक किसानलाई रु.४५ हजार बराबरको सामान दिनुपर्नेमा केवल रु. २० हजारको सामान दिईएको उनको दावी रहेको छ । त्यसैगरी रु १० लाख बजेट भएको चक्लाबन्दी कार्यक्रम पनि कार्यक्षेत्र बाहिरको आफ्नो आफन्तलाई दिएको यादवको आरोप छ । साथै कृषि औजार अन्तर्गत पर्ने मिनि ट्रेलरमा समेत महथाले घोटाला गरेका छन । बजार भाउ रु.८५ हजार पर्ने मिनी ट्रेलरको लागि सुचीकृत सप्लायरलाई नदिई अन्यलाई रु.१ लाख १० हजारको ईस्टिमेट गरि दिएको किसान समुहले जनाएको छ ।

रु.४० लाख बजेट भएको बिउ स्रोत केन्द्र समेत महथाले विना सुचना निकाली आफ्न्तलाई दिएको उक्त समुहले बताए । महथाको काम गर्ने रवैया प्रति असन्तुष्ट किसानले निम्ति प्रमुख डाक्टर बिनोद यादवको उपस्थितिमा पत्रकार सम्मेलन गरी भ्रष्टाचारको भन्डाफोर गरेका छन । सोहि दिन निम्ति प्रमुख यादवले किसानहरुलाई प्रमुख महथाको उपस्थितीमा छलफल तथा बिवाद समाधान गरिने समय दिए पनि प्रमुख लगायत कुनै कर्मचारीहरु कार्यालयमा उपस्थित भएन । जबकि कार्यालयमा पाँच जना कर्मचारीहरुको दरबन्दी रहेको । कृषक समुहका किसानहरुले प्रमुख महथा विरुद्ध कार्यालयमा तालाबन्दी गरिने समेत चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

धाँतीमा फुटबल प्रतिय ...

रासिन्द्र यादव, सप्तरी, ३० मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.८ धाँती बजारमा सम्पन्न खु ...

अभियानका सञ्चालकहरु ...

रंजित चौरसिया, वीरगंज ३० कार्तिक। अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि.ले एसी प्रोजेक्टको छैठौं क ...

जागिर चाहियो ? पोखरि ...

रंजित चौरसिया,वीरगंज ३० कार्तिक। पर्सा जिल्लाको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१