राजेन्द्र महतो लहान जेठ १९ गते। कोरोनाको कहरमा अग्रस्थानमा खटिदै आएकाहरुलाई आवश्यक्ता अनुरुप वितरण गर्न सुदिप हेल्थ सर्जिकल सप्लायर्स, धनगढीमाई एवम् सूर्यदिप नेपाल, लहानले जिल्ला प्रशासन कार्यालय सिरहा लाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छ्न।
अग्रस्थानमा खटिन्दै आएकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्दै आएका लहान नगरपालिका २४ निवासी २४ वर्षिय सुदिप महतोले जिल्ला प्रशासन कार्यालय सिरहा लाई करिव ५ हजार मुल्य बरावरको स्वस्थ्य सामाग्री उपल्वध गराएका छन् । सुदिप हेल्थ सर्जिकल सप्लायर्स, धनगढीमाईका सञ्चालक तथा सूर्यदिप नेपाल, लहानका अध्यक्ष समेत रहेका उनले आवश्यक्ता अनुरुप वितरण गर्न जिल्ला प्रशासन सिरहालाई ५०० थान सर्जिकल मास्क, २० थान N95 मस्क, ५ लिटर स्यानीटाईजर र १० थान फेस शिल्ड उपलब्ध गराएका छ्न।

उनले एक्लैले आफनै र्खचमा स्वास्थ्य समाग्री वितरण गर्दै आएका छ्न। कोरोना महामारिमा जिम्मेवारी देखाएका उनले लहान न.पा-१३,१४,२४ को अस्थाई प्रहरी चौकी लाई पमि स्वास्थ्य सामाग्री उपल्वध गराएका छन् । मनकारी सुदिप–अहिलेको अवस्थामा पैसा कामाउनु भन्दा मानिसको स्वास्थ्य रक्षा गर्नु पर्ने सबैको सामाजिक जिम्मेवारी भएको र आफनो स्थान बाट सामाजिक दायित्व देखाएको बताएका छन् ।
सुदिपले अहिलेको महामारीको देखाएको सामाजिक कार्यले उनको स्थानियले समेत खुलेर प्रशंसा गर्दै आएका छन् । उनले फ्रन्ट्लाइनमा खटिने अन्य लाई पनि समेत स्वास्थ्य सामाग्री उपल्वध गराउने योजना रहेको बताएका छ्न।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved