युवा समाजसेवी सुदिप :कोरोना कहरमा “फ्रन्टलाईनर” लाई स्वास्थ्य सामाग्री

  • जेठ १९, २०७८
  • ५५९ पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो लहान जेठ १९ गते। कोरोनाको कहरमा अग्रस्थानमा खटिदै आएकाहरुलाई आवश्यक्ता अनुरुप वितरण गर्न सुदिप हेल्थ सर्जिकल सप्लायर्स, धनगढीमाई एवम् सूर्यदिप नेपाल, लहानले जिल्ला प्रशासन कार्यालय सिरहा लाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छ्न।

अग्रस्थानमा खटिन्दै आएकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्दै आएका लहान नगरपालिका २४ निवासी २४ वर्षिय सुदिप महतोले जिल्ला प्रशासन कार्यालय सिरहा लाई करिव ५ हजार मुल्य बरावरको स्वस्थ्य सामाग्री उपल्वध गराएका छन् । सुदिप हेल्थ सर्जिकल सप्लायर्स, धनगढीमाईका सञ्चालक तथा सूर्यदिप नेपाल, लहानका अध्यक्ष समेत रहेका उनले आवश्यक्ता अनुरुप वितरण गर्न जिल्ला प्रशासन सिरहालाई ५०० थान सर्जिकल मास्क, २० थान N95 मस्क, ५ लिटर स्यानीटाईजर र १० थान फेस शिल्ड उपलब्ध गराएका छ्न।

193847307_147329310781006_689734759984497056_n

उनले एक्लैले आफनै र्खचमा स्वास्थ्य समाग्री वितरण गर्दै आएका छ्न। कोरोना महामारिमा जिम्मेवारी देखाएका उनले लहान न.पा-१३,१४,२४ को अस्थाई प्रहरी चौकी लाई पमि स्वास्थ्य सामाग्री उपल्वध गराएका छन् । मनकारी सुदिप–अहिलेको अवस्थामा पैसा कामाउनु भन्दा मानिसको स्वास्थ्य रक्षा गर्नु पर्ने सबैको सामाजिक जिम्मेवारी भएको र आफनो स्थान बाट सामाजिक दायित्व देखाएको बताएका छन् ।

सुदिपले अहिलेको महामारीको देखाएको सामाजिक कार्यले उनको स्थानियले समेत खुलेर प्रशंसा गर्दै आएका छन् । उनले फ्रन्ट्लाइनमा खटिने अन्य लाई पनि समेत स्वास्थ्य सामाग्री उपल्वध गराउने योजना रहेको बताएका छ्न।

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१