Siraha Times
ताजा समाचार

महन्थ ठाकुर, राजेन्द्र महतोसहित चार नेता जसपाबाट निस्कासित

  • जेठ १८, २०७८
  • १०३२ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चारनेतालाई पार्टीबाट निस्कासन गरेको छ । कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको हो।

पार्टी हित विपरित काम गरेको भन्दै जसपाले चार नेतालाई पार्टी सदस्यबाट निस्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिइसकेको छ।जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा जाने तयारीमा छ।

अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न सोमबार बिहान बालुवाटार पुगेका थिए । ८ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुरपक्ष एक दुई दिनमै सरकारमा सहभागी हुने जनाइको छ।

जसपाले अघि सारेका माग सम्बोधन भएकाले ओली सरकारमा सहभागी हुने निर्णय लिएको जनाएको छ। जसपाको संसदीय दलमा ठाकुर-महतो पक्षको बहुमत छ। उनीहरुको पक्षमा २० सांसद छन्। 

महन्थ ठाकुरपक्षको राजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानुपर्ने अडानमा छ भने बाबुराम भट्टराई र उपेन्द्र यादव भने विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नुपर्ने पक्षमा छन्। ठाकुर-महतो पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिने निर्णय गरेसँगै जसपमा विवाद बढेको हो।

193420155_4179407642117736_8039461307308799864_n

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१