काठमाडौँ ।जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले ८ वटा मन्त्रालय पाउने भएको छ ।
सरकारमा जान ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार मन्त्रालय बाँडफाँडमा सहमति गरेको ठाकुर पक्षका नेता प्रमोद साहले बताए ।उनका अनुसार एक–दुई दिनमै सरकारमा सहभागी हुने सम्भावना छ। स्रोतका अनुसार ठाकुर पक्ष गृह मन्त्रालयबिनै सरकारमा सहभागी हुन लागेको हो। सो समूहले गृह मन्त्रालयमा पाउनुपर्ने दाबी गर्दै आएका थियो ।
प्रधानमन्त्रीसँग वार्ता गर्न सोमबार जसपा अध्यक्ष ठाकुर, नेता महतो, शरत्सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पुगेका थिए।प्रधानमन्त्रीज्यू ७ वटा मन्त्रालय दिन तयार हुनुभएको छ। हामीले ८ वटामा अडान राखेका छौं’, वार्तामा सहभागी एक सदस्यले भने, ‘त्यसैले ८ वटा मन्त्रालयमै सहमति भयो भने पनि हुन्छ।’ उनले आफ्नो नाम खुलाउन चाहेनन् ।
प्रधानमन्त्रीसँग कुराकानीपछि ठाकुर–महतो पक्षले आन्तरिक छलफल गरेको थियो । सरकारमा पठाउने नेताहरूबारे कुराकानी भएको स्रोतले बतायो ।स्रोतका अनुसार महतो जसपाबाट नेतृत्व गर्दै सरकारमा जाने प्रबल सम्भावना छ। ठाकुर पक्षले उनलाई संसदीय दलको नेता बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved