नगरको मूल बाटो पोखरीमा परिणत भएको छ

  • जेठ १८, २०७८
  • ९४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार , सिराहा , जेष्ठ १८ मंगलबार । जनताको गास बास र कपासको ग्यारेन्टी नैतिक आधारमा सरकारले गर्नुपर्ने हो । हरेक किसिमका परिवर्तन राज्यले जनताको चाहना बमोजिम गरेको हुन्छ तर सरकार गैर जबाफदेही बनिदिदा जनताले सास्ती भोग्नु पर्ने वाध्यता उत्पन्न हुने स्थिति सिर्जना हुनथाल्छ । गणतन्त्र नेपाल घोषणा भएपछी सिंह दरवार जनताको घर आँगनमा हुने चाहना स्थानिय सरकार आइसकेपछि कति पूरा भए ? लक डाउन र बेमौसमी वर्षाको समयमा देशका विभिन्न भागको सडकको कारुणिक दृश्यले प्रमाणित गरेको स्थिति छ । हतारमा बजेट पास गरेर अनेकन बहानामा उम्किने बानी परेका स्थानिय सरकारको सस्तो लोकप्रियताको बारेमा अाम जनता परिचित छन् ।

सप्तरीको बोदेबरसाइन नगरपालिकाको चरम लापरवाही यतिबेला प्रस्टिएको हो । वडा नं 8 काचन दास टोलको मुलसडकको वास्तविक अबस्था हेर्दा वडा अध्यक्ष लक्ष्मी शाह र मेयर आतेश कुमार सिंह कति जबाफदेही छन भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ । बेलामा ध्यान नदिँदा उत्पन्न हुने यस्ता स्थानिय समस्याको जबाफदेही तिनै स्थानिय सरकारले लिनुपर्छ । स्थानिय जनताको घर आँगन अगाडि मुलबाटोमा पोखरी बन्दा बालबालिका डुब्ने र आवत जावतमा उत्पन्न हुने समस्याप्रति सरोकारवाला निकायले तत्काल ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१