ताजा समाचार

सिरहामा अस्थायी कोरोना अस्पताल उद्दघाटन

  • जेठ १८, २०७८
  • ११३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , जेठ १७ सोमबार । जिल्लामा कोरोना संक्रमण बढेको वा न्यून भएको केही खास डाटाको अभाव रहेको बेलामा गोलबजार नगरपालिकाले जिल्लामा कोरोना अस्पतालको उद्दघाटन गरेका हुन् । 25 बेडको अस्थायी कोभिड अस्पताल करिब एक करोड 25 लाख रुपैयाँमा निर्माण भएको गोलबजार नगरपालिकाको प्रशासकिय अधिकृत श्रीधर केसीले जानकारी दिनुभयो । उक्त अस्पताल निर्माणका लागि करिब 4 करोड मूल्य बराबरको एक विगाहा जग्गा पुर्व प्रमुख जिल्ला अधिकारी ललित बहादुर थापाले निःशुल्क गोलबजार नगरपालिकालाई दान गरेका थिए ।

कार्यक्रममा मेयर देवनाथ शाहले नवनिर्मित भवनको उद्घाटन गर्दै यस अस्पतालले स्थानिय जनतालाई निःशुल्क सेवा दिने बताउनु भएको हो । जिल्लामा कोभिड अस्पताल पहिलो भएकोले अाम जिल्लाबासी लाभान्चित हुने कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले बताएका छन् । नगरपालीका द्वारा आयोजीत कार्यक्रममा जिल्लाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । सिराहा जिल्लाको सबैभन्दा बढी कोरोना संक्रमित भएको नगरपालीका रहेको यस नगरपालिकाको अगुवाइमा निर्माण गरेर सञ्चालन गर्न लागिएको अस्पतालको आकस्मिक सेवाहरु नियमित रूपमा सञ्चालन भइरहने नगरपालिकाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

छेदीचौकमा दुईदिने कु ...

रामअधार यादव, रौतहट, कार्तिक २ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचौकमा श्री नौ दु ...

ठाडीको दुर्गाभगवती म ...

रहमुल, लहान, २ कार्तिक। सिरहाको भगवानपुर गाउँपालिका–४, ठाडीस्थित ऐतिहासिक दुर्गाभगवती मन्दिरमा ...

खानेपानी तथा सरसफाइ ...

रहमुल, लहान, २ असोज। स्वस्थ, सफा र समृद्ध समाज निर्माणका लागि सुरक्षित खानेपानी, व्यक्तिगत सरसफाइ तथ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤