Siraha Times
ताजा समाचार

सिरहामा अस्थायी कोरोना अस्पताल उद्दघाटन

  • जेठ १८, २०७८
  • १११६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , जेठ १७ सोमबार । जिल्लामा कोरोना संक्रमण बढेको वा न्यून भएको केही खास डाटाको अभाव रहेको बेलामा गोलबजार नगरपालिकाले जिल्लामा कोरोना अस्पतालको उद्दघाटन गरेका हुन् । 25 बेडको अस्थायी कोभिड अस्पताल करिब एक करोड 25 लाख रुपैयाँमा निर्माण भएको गोलबजार नगरपालिकाको प्रशासकिय अधिकृत श्रीधर केसीले जानकारी दिनुभयो । उक्त अस्पताल निर्माणका लागि करिब 4 करोड मूल्य बराबरको एक विगाहा जग्गा पुर्व प्रमुख जिल्ला अधिकारी ललित बहादुर थापाले निःशुल्क गोलबजार नगरपालिकालाई दान गरेका थिए ।

कार्यक्रममा मेयर देवनाथ शाहले नवनिर्मित भवनको उद्घाटन गर्दै यस अस्पतालले स्थानिय जनतालाई निःशुल्क सेवा दिने बताउनु भएको हो । जिल्लामा कोभिड अस्पताल पहिलो भएकोले अाम जिल्लाबासी लाभान्चित हुने कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले बताएका छन् । नगरपालीका द्वारा आयोजीत कार्यक्रममा जिल्लाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । सिराहा जिल्लाको सबैभन्दा बढी कोरोना संक्रमित भएको नगरपालीका रहेको यस नगरपालिकाको अगुवाइमा निर्माण गरेर सञ्चालन गर्न लागिएको अस्पतालको आकस्मिक सेवाहरु नियमित रूपमा सञ्चालन भइरहने नगरपालिकाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–१८ बदरबोना र वि ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित बदरबोना र विष्णुपुर टोलमा सरसफा ...

खडक नगरपालिकाका नागर ...

ओम प्रकाश यादव लहान असोज ५ । खडक नगरपालिकाले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण ...

लहानमा ५० बेड क्षमता ...

ओम प्रकाश यादव लहान असोज ५ । सिरहाको लहान नगरपालिका–३ स्थित लहान–ठाडी–लोकहाँ सडकखण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१