सबिन यादव, सिरहा । सिरहा युवा संजाल द्वारा संचालित Covid Response Team को Campaign कै क्रममा अध्यक्ष नागेश्वर राय र कोषाध्यक्ष बिक्की गुप्ता द्वारा स्थलगत निरीक्षण गर्दा एक परिवार बिचल्ली मा रहेको हेर्दा तत्काल का लागी आर्थिक सहयोग गरेका छन । सिरहाको बरियारपटी गाउँपालिका वडा नं ३ मा बस्ने ३५ बर्ष रमेश कुमार महरा को श्रीमती बिरामी थिए उनको परिवारीक आर्थिक अभावको कारणले गर्दा उहाँका श्रीमती अकालमै मृत्यु भएको हो । हिन्दु रितिरीवाज अनुसार क्रियाक्रम गर्न पनि पैसा नहुदा सिरहा युवा संजालका अध्यक्ष नागेशवर राय आर्थिक सहयोग गरेको हो ।
विश्वभर फैलिएको कोरोना रोगको महामारीको दोस्रो लहरमा सरकारले जारी राखेको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरि , विहान कमाएर बेलुका हातमुख जोर्ने मजदुर, कामदार, अति गरिब विपन्न समुदायहरुको जसको घर परिवार अहिले खाद्यन्नको अभावका चुलो बाल्न मुश्किल भएको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरु लागि सिराहा युथ नेटवर्क सहयोग गर्दै आएको छ । यसरी स्थानीय सरकारबाट निराश भएको स्थानीयहरु आफ्नो बिच सिरहा युथ नेटवर्क सदस्यहरु सहयोग गरेको बताउँदै यसले झन उर्जा थपिएको अध्यक्ष रायले बताए ।

प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved