मधेश आन्दोलनकै कारण देशमा अहिले गणतन्त्र संघियता आएको हो;उक्त उपलब्धिलाई सबैले मिलेर रक्षा गरौं-युवा नेता रामचलितर महतो

  • जेठ १६, २०७८
  • ११८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार , सिराहा , जेठ १६ आइतबार हिजो नेपालमा गणतन्त्र दिवस मनाइएको छ। अहिलेको आवश्यकता सबै नेपाली मिलेर संविधान र संघियता सहिदहरुले दिइएको बलिदानीबाट पाएको उपलब्धिलाई सबैले मिलेर रक्षा गर्नुपर्ने आवश्यकता हो भन्ने धारण नेता रामचलितर महतोको रहेको छ। जनता समाजवादी पार्टी नेपालका उर्जामान , जोसिला , विकास प्रेमी नेताको रुपमा रामचलितर महतोलाई चिनिएको हो। अरुको ईसारा वा मतियार बन्नका निम्ति पार्टी एकीकरण गरिएका होइन्न । आफ्नो मुद्दा प्रति दृढ र अटल रहने जसपा नेपालका नेता महतो आफ्नै स्वभाव हो ।

No description available.

सरकारको हैसियतले जनता सिठ्ठी मात्र पाएका छन। देश , जनता अधिकारका निम्ति इमानदार होअौं सरकार / सत्ताको निम्ति होइन्न भन्ने धारणा मार्फत सरकारलाई नेता महतोले सचेत गराएका छन। हिजो गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना समेत दिइएको छ। सामान्य किसान परिवारबाट २०४१ साल भदौ ०५ गतेमा जन्मेका लहान नगरपालिका वडा नम्बर २ भगवतपुर टोलका युवा जोसिला नेता रामचलितर महतो अहिले जसपा नेपाल पार्टीबाट देश र समाजको विकासमा जुटेको छ। सदियौदेखीको विभेद तथा असमानता यथावत रहेको उल्लेख्य गर्नुहुदै जनसंघर्षलाई निरन्तरता दिनुपर्ने भनेको छ।

No description available.

नेता महतो ६३/६३ को मधेश आन्दोलन संधर्ष समितिका सदस्य भई निरन्तरता दिई दोस्रो संविधान सभाको केन्द्रीय सदस्य तथा प्रत्यासी सिराहा क्षेत्र न. १ बाट ( मधेशी जनअधिकार फोरम नेपाल ) बाट उम्मेदवारी दिएका थिए। अहिले मधेशी , दलित , जनजाति तथा उत्पिडित सोसित वर्गप्रति निरन्तरता दिइएको छ। अधिकारका लागि आन्दोलनमा सक्रिय रहेको नेता महतोले बताए । आउने दिनमा यी वर्गप्रति र देश , जनता , समाज , राजनीतिक समस्या प्रति प्रतिवद्धता जनाएको छ। मधेश आन्दोलन कै कारण अहिले देशमा गणतन्त्र संघियता आएको नेता महतोको दावी रहेको छ। समाजमा उनका उल्लेखनीय योगदानहरु रहेका छन जस्तै रामकुमार उमाप्रसाद स्मारक अस्पताल स्वास्थ्य तथा जनसंख्या वातावरण मन्त्री उपेन्द्र यादवको पहलमा ५०० वेडको अस्पताल प्रदेश स्तरमै ल्याए।

लहान बाल होस्पिटल उपेन्द्र यादव , बिजय यादवबाट शिलान्यास तथा प्रदेश सरकारबाट ५० लाख अनुदान दिलाएका थिए। देश भक्त युवा सचेत बनौं समेत भनेका छन। यदि वर्तमान युवाले गल्ती गर्छ भने अखण्ड नेपाल हाम्रो धर्म , साँस्कृतिक र सामाजिक संरचना केही बाँकी रहदैन्न। त्यसैले अहिलेको युवा पुस्ता झुक्याएर पनि गलत अधार्मिक र अमौलिक संगठनलाई साथ दिनु लिनु हुदैन्न। गणतन्त्र , लोकतन्त्र जनताको लागि ल्याएको हो र जनतामा निहित रहने प्रतिवद्धता समेत जनाएको छन। अत: कोविड १९ को दोस्रो लहर उग्र रुप लिएकोले सावधानी अपनाउन र सुरक्षित रहन सम्पूर्ण नेपाली जनमा आग्रह गर्नुभएको छ।

 

प्रतिक्रिया दिनुहोस

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९ । संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेक ...

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९। संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको ...

किर्ते जालसाजी मुद्द ...

Translator       रहमुल लहान  वैशाख ८। सिरहाको नवराजपुर गाउँपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१