उर्मिला यादव यात्री जेठ १२ सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रुपन्देही युवा समुहले आज बुधबार एक कार्यक्रमका बिच राहत बितरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि समस्यामा रहेका गरीब तथा अति बिपन्न १३ घर परीवारलाई समुहले राहत बितरण गरेको हो । रुपन्देही युवा समुहका अध्यक्ष बिशाल गुप्ताको अध्यक्षतामा सिद्धार्थ नगरपालिका भित्र रहेका गरीब तथा अति बिपन्न १३ घर परीवारलाई सात किलो चामल, एक पोका तेल, एक प्याकेट नुन, तीन किलो आलु, डेढ किलो प्याज र २ प्याकेट बिस्कुट बितरण गरीएको समुहका महासचिव कृष्ण खरेलले जानकारी दिनु भएको छ । यस अघि पनि समुहले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिदै जाने रुपन्देही युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ताले बताउनु भयो । राहत बितरण कार्यक्रममा रुपन्देही युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ता ,बरिष्ठ उपाध्यक्ष बिशाल मिश्रा, उपाध्यक्ष प्रकाश हरीजन,कोषाध्यक्ष अभिषेक जैसवाल र सहसचिव किसान जैसवाल लगायतको सहभागिता रहेको थियो । राहत बितरण बिहीबार पनि बितरण गरीने रुपन्देही युवा समुहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved