चमार कल्याण समाजद्धारा भोक मेटाऊ अभियान संचालन , सप्तरी जिल्लामा खाद्यान्न सहयोग

  • जेठ ८, २०७८
  • १५५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी , राजविराज । सप्तरी जिल्लामा एक चमार समुदायको परिवारलाई खाद्यान्न साथै केही आर्थिक सहयोग गरिएको छ । सप्तरी जिल्लाको सुरुगां नगरपालिकाकी एक चमार महिला खान नपाएर मृत्युभएको थाहा पाएपछि चमार कल्याण समाज नेपालको समन्वय एवमं सिडब्लुएस साउदी अरेबिया शाखाले सहयोग गरेका हुन । सुरुगां ६ कडरबोना गाऊकी लगभग ४० बर्षिय सबित्रि देबी चमाईन दैनिकि बाटो खन्ने कार्य गर्दा गर्दै घरमा केही खानेकुरा समेत नपाएर मृत्यु भएको उहाको श्रीमान भोलई चमारले जानकाी दिनुभयो । भोलाई चमारका अनुसार आफु पनि बाटो खन्ने कार्य गर्ने र श्रीमति पनि गर्ने , आफनो घरको स्थिसत अत्यन्त नाजुक रहेको, खानाको लागि मजदुरी गर्दा समेत समयमा ज्याला नपाएको , जसले गर्दा श्रीमति घरबाट खानै नखाएर आएर काम गर्दा मृत्यु भएको बताए ।

भोलाई अत्यन्त गरिब भएको र एउटा चमार जातिको महिला भोकै मर्नु अत्यन्त दुखद भएको भन्दै चमार कल्याण समाज साउदी शाखाले मृतकको परिवारलाई केही खाद्यान्न् सहयोग गरेको महासचिव जिवन कुमार राम चमारले जानकारी दिनुभयो । महासचिवका अनुसार कोरोनाले गर्दा नेपालमा लकडाउन छ जसको प्रत्यक्ष असर नेपालमै सबै भन्दा बढ गरिबी रेखामुनी रहेका चमार जातिहरुमा परेको स्पष्ट देखा परेको बताए । मृतकको परिवारलाई एक क्वईन्टल चामल , १५ किलो आटा ,५ किलो आलु , २ लिटर तेल , नुन , प्याज , साबुन , दाल , मास्क तथा रु १५०० नगद आर्थिक सहयोग गरिएको साउदीका संयोजक सुरेन्द्र कुमार महराले बताउनु भयो ।

चमार कल्याण समाज साउदी अरेबीया शाखाको टिम मिलेर उहाको परिवारलाई आर्थिक सहयोग गरेको साउदी टिमका कोषाध्यक्ष विजय महरा चमारले जानकारी दिनु भयो । चमार कल्याण समाज नेपालले कुनै पनि गरिब समुदायहरु भोकै ज्यान नजाओस भनी खाना खुवाऔ , भोक मेटाऊ , कोरोनाबाट कोही ज्यान गुमाउन नपरोस भनी महाअभियान संचालन गरि सबै चमार जातिहरुलाई खाद्यान्न सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषधसहित ...

ओम प्रकाश यादव लहान चैत २५। सिरहा जिल्लामा लागुऔषध कारोबारमा संलग्न एक सक्रिय गिरोहविरुद्ध विशे ...

यातायातका नयाँ प्रमु ...

रंजित चौरसिया,वीरगंज २५ चैत्र। यातायात व्यवस्था कार्यालय वीरगंजमा रहेका करारका ड्राईभर शम्भु गुरुङ्ग ...

बलिदान, प्रतिबद्धता ...

सिरहाटाइम्स लहान २५ चैत । राष्ट्र, समाज र विशेषगरी मधेशको हक, अधिकार र अस्मिताका लागि निरन्तर संघर्ष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१