ताजा समाचार

चमार कल्याण समाजद्धारा भोक मेटाऊ अभियान संचालन , सप्तरी जिल्लामा खाद्यान्न सहयोग

  • जेठ ८, २०७८
  • १८६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी , राजविराज । सप्तरी जिल्लामा एक चमार समुदायको परिवारलाई खाद्यान्न साथै केही आर्थिक सहयोग गरिएको छ । सप्तरी जिल्लाको सुरुगां नगरपालिकाकी एक चमार महिला खान नपाएर मृत्युभएको थाहा पाएपछि चमार कल्याण समाज नेपालको समन्वय एवमं सिडब्लुएस साउदी अरेबिया शाखाले सहयोग गरेका हुन । सुरुगां ६ कडरबोना गाऊकी लगभग ४० बर्षिय सबित्रि देबी चमाईन दैनिकि बाटो खन्ने कार्य गर्दा गर्दै घरमा केही खानेकुरा समेत नपाएर मृत्यु भएको उहाको श्रीमान भोलई चमारले जानकाी दिनुभयो । भोलाई चमारका अनुसार आफु पनि बाटो खन्ने कार्य गर्ने र श्रीमति पनि गर्ने , आफनो घरको स्थिसत अत्यन्त नाजुक रहेको, खानाको लागि मजदुरी गर्दा समेत समयमा ज्याला नपाएको , जसले गर्दा श्रीमति घरबाट खानै नखाएर आएर काम गर्दा मृत्यु भएको बताए ।

भोलाई अत्यन्त गरिब भएको र एउटा चमार जातिको महिला भोकै मर्नु अत्यन्त दुखद भएको भन्दै चमार कल्याण समाज साउदी शाखाले मृतकको परिवारलाई केही खाद्यान्न् सहयोग गरेको महासचिव जिवन कुमार राम चमारले जानकारी दिनुभयो । महासचिवका अनुसार कोरोनाले गर्दा नेपालमा लकडाउन छ जसको प्रत्यक्ष असर नेपालमै सबै भन्दा बढ गरिबी रेखामुनी रहेका चमार जातिहरुमा परेको स्पष्ट देखा परेको बताए । मृतकको परिवारलाई एक क्वईन्टल चामल , १५ किलो आटा ,५ किलो आलु , २ लिटर तेल , नुन , प्याज , साबुन , दाल , मास्क तथा रु १५०० नगद आर्थिक सहयोग गरिएको साउदीका संयोजक सुरेन्द्र कुमार महराले बताउनु भयो ।

चमार कल्याण समाज साउदी अरेबीया शाखाको टिम मिलेर उहाको परिवारलाई आर्थिक सहयोग गरेको साउदी टिमका कोषाध्यक्ष विजय महरा चमारले जानकारी दिनु भयो । चमार कल्याण समाज नेपालले कुनै पनि गरिब समुदायहरु भोकै ज्यान नजाओस भनी खाना खुवाऔ , भोक मेटाऊ , कोरोनाबाट कोही ज्यान गुमाउन नपरोस भनी महाअभियान संचालन गरि सबै चमार जातिहरुलाई खाद्यान्न सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤