ताजा समाचार

विसुन देव सरदार , जेष्ठ ५ बुधबार । शस्त्र प्रहरीको गोली लागेर एक घाइतेको बुटवलमा मृत्यु

  • जेठ ६, २०७८
  • ११६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवलपरासीको सुस्ता गाउँपालिका ५ स्थित नथुई , बनकटि नाकामा ५/६ जनाको समूहमा आएका युवालाई सीमा सुरुक्षार्थ खटिएका प्रहरी र युवा बीचमा भएको विवादमा पछिबाट ५०/६० जनाको हुलमा आएका स्थानिय बासीले ढुङ्गा मुढा हान्न थालेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको सोहिक्रम मा गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं ६ का २३ वर्षिय अविनाश राजभर गोली लागि घाईते भई भुइँमा ढलेपछि उपचारको लागि बुटवलस्थित सिटी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर घाईते भएको उनको त्यही निधन भएको थियो भने अर्का विनोद राजभर प्रहरीको कुटाइबाट शख्त घाईते भएका छन् । यता स्थितिलाई नियन्त्रणमा लिन क्रममा प्रहरी जवान पनि घाईते भएको छ ।घटनास्थलमा तनाब नियन्त्रणको लागि थप सुरक्षाकर्मी परिचालन गरिएको छ । आक्रमशैलीमा आएका भीडलाई नियन्त्रण गर्न गोली चलाउनु परेको शस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी उपरिक्षक महेश अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤