विराटनगर : धारिलो हतियारले घाँटी रेटेर मोरङमा एक महिलाको हत्या भएको छ।
हत्या गरेर सुख्खा नहरमा फ्यालेको अवस्थामा बुधबार बिहान महिलाको शव फेला पारिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।डीएसपी राईका अनुसार रंगेली नगरपालिका–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको हत्या भएको हो।
धारिलो हतियारले घाँटी रेटेर हत्या गर्दै रंगेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा फ्यालेको अवस्थामा अनिताको शव भेटिए पनि घटनाका बारेमा विस्तृत कुरा खुल्न बाँकी रहेको डीएसपी राईले बताए। उनका अनुसार शव फेला परेको नहर पानीविहीन र सुख्खा छ। प्रारम्भिक अनुसन्धानबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको पाइयो,’ डीएसपी राईले भने, ‘प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालिएको छ।’
हत्यामा संलग्नको पहिचान हुन सकेको छैन। प्रहरीका अनुसार महिलाको हत्या कसले र किन गरेको हो भन्ने खुल्न बाँकी छ। तर घाँटीमा हतियारले रेटेको चोट रहेका कारण हत्या नै गरिएको निस्कर्षमा प्रहरी पुगेको हो।
इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोली घटनास्थलमा पुगेको छ। खड्का नेतृत्वकै टोलीले हत्यामा संलग्नको पहिचान गर्दै घटनाको अनुसन्धान अघि बढाएको हो।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved