घाँटी रेटेर महिलाको हत्या, नहरमा भेटियो शव

  • जेठ ५, २०७८
  • ५९३ पटक पढिएको
  • रामएकवाल राम
alt

विराटनगर : धारिलो हतियारले घाँटी रेटेर मोरङमा एक महिलाको हत्या भएको छ। 

हत्या गरेर सुख्खा नहरमा फ्यालेको अवस्थामा बुधबार बिहान महिलाको शव फेला पारिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।डीएसपी राईका अनुसार रंगेली नगरपालिका–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको हत्या भएको हो।

धारिलो हतियारले घाँटी रेटेर हत्या गर्दै रंगेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा फ्यालेको अवस्थामा अनिताको शव भेटिए पनि घटनाका बारेमा विस्तृत कुरा खुल्न बाँकी रहेको डीएसपी राईले बताए। उनका अनुसार शव फेला परेको नहर पानीविहीन र सुख्खा छ। प्रारम्भिक अनुसन्धानबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको पाइयो,’ डीएसपी राईले भने, ‘प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालिएको छ।’ 

हत्यामा संलग्नको पहिचान हुन सकेको छैन। प्रहरीका अनुसार महिलाको हत्या कसले र किन गरेको हो भन्ने खुल्न बाँकी छ। तर घाँटीमा हतियारले रेटेको चोट रहेका कारण हत्या नै गरिएको निस्कर्षमा प्रहरी पुगेको हो। 

इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोली घटनास्थलमा पुगेको छ। खड्का नेतृत्वकै टोलीले हत्यामा संलग्नको पहिचान गर्दै घटनाको अनुसन्धान अघि बढाएको हो। 

प्रतिक्रिया दिनुहोस

जनभावना बचत तथा ऋण स ...

लहान कात्तिक २१। जनभावना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धनगढीमाई नगरपालिका वडा नम्बर १ सिरहाद्वार ...

राष्ट्रिय राजनीति र ...

लहान, २१ कार्तिक । लामो समयसम्म कम्युनिष्ट धारभित्र रहेर राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह ग ...

जसपा नेपाल छोडेका सब ...

काठमाडौं २१, कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१