ताजा समाचार

चिर्पट प्रहारले एक युवकको मृत्यु

  • जेठ ४, २०७८
  • ९१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार धनुषा / जेष्ठ ४ । चिर्पट प्रहारले एक युवकको मृत्यु भएको छ । कोरोना संक्रमण बढिरहेको अवस्थामा आफु जोगिने र अरूलाई जोगाउने समयमा मामाले भान्जाको हत्या गरेको छ । जनकपुर धामको दक्षिणी क्षेत्रमा रहेको भारतीय सीमासँग नजिक मानिएको महोत्तरीको मटिहानी नगरपालिका वडा नं ३ बर्दहामा भएको शौचालय निर्माण विवादमा मामा पक्ष र भान्जा पक्ष बीच लाठी चार्ज कार्यक्रम सुरु हुँदा सोही वडा नं ३ का मोस्लीम राईनको २६ वर्षिय छोरा जाविर राइन लाई मामा मोतालीब राईनले चिर्पट प्रहार टाउकोमा बेसमारी गर्दा उनी घटनास्थलबाट ढलेपनी लाठी चार्ज जारी रहेको बुझिएको छ । स्थानियको खवरले घनस्थलमा पुगेका प्रहरीले झगडालाई साम्य पारेको थियो । घटना स्थलबाट घाईते जाबिरलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको महोतरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । घटना स्थलबाट मितालिब राईन र असरफ राईनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बुझिएको छ भने जग्गा विवाद विगत लामो समयदेखि उनीहरूको बीचमा रहिआएको बुझिएको हो ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤