Siraha Times
ताजा समाचार

कोरोना संक्रमित सप्तकोसी नगरपालिकाकी उपप्रमुख चौधरीको मृत्यु

  • जेठ ४, २०७८
  • १०५४ पटक पढिएको
  • रामएकवाल राम
alt

विराटनगर : गर्भवती अवस्थामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकी सप्तरीको सप्तकोसी नगरपालिकाकी उप–प्रमुख ४० वर्षीया आशा चौधरीको मंगलबार बिहान मृत्यु भएको छ। सात महिनाकी गर्भवती रहेकी उनको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवकाअनुसार चौधरीलाई बिहान ४:१२ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्। संक्रमित उप–प्रमुख्को पेटबाट तीन दिनअघि बच्चा बाहिर निकालिएको थियो। स्वास्थ्यमा थप समस्या भएर अवस्था गम्भीर बन्दै गएपछि पेटमा भएको बच्चा बाहिर निकाल्नु परेको उनको भनाइ छ। बच्चा बाहिर निकालेर बचाउन धेरै प्रयास गरिएपनि सम्भव नभएको जानकारी देवले दिए।  

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको हो। सुरुमा उनलाई ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो। परीक्षणपछि कोरोनाको संक्रमण यकिन भएको हो। 

आईसीयूमा राखिएकी चौधरीको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो। उपचारकै क्रममा भेन्टिलेटरमा उनको निधन भएको हो। चौधरीका पति र ७ वर्षीय छोरा रहेको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१