Siraha Times
ताजा समाचार

बाटो अभाबमा रुमलिएको बस्तीमा सास्ती भोग्दै जनता

  • जेठ ३, २०७८
  • १००४ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदार , लहान -   जिल्लाको उत्तरी क्षेत्रमा लहान नगरपालिका सँगै टासिएको साविक गोविन्दपुर बस्तीपुर नाम चलेका र कहलिएका ठाउँ मानिन्छ साथै नेपाली कांग्रेसका चर्चित नेता प्रदीप गिरीको जन्म धर्ती भनेर चिनिने यस ठाउँमा कहलिएका र नाम चलेका नेताहरु तुल्सी गिरी , मनिन्द्र रंजन बराल,सरिता गिरी जस्ता नेताहरु भएको हालको लहान नगरपालिका 24 यतिबेला मुठीभरका नेताहरुको खिचातानीले गर्दा स्थानिय बस्तीमा अाम जनताले उपभोग गर्ने सामान्य सेवा सुविधामा कठिनाई महसूस गर्न थालेको स्थानिय जनताहरूको गुनासो रहिआएको छ ।

हाल बस्तीपुर विद्यालय क्षेत्रमा वर्षौंदेखि बाटोको समस्या भोग्दै आएको मानिसको अनुहारमा चिन्ता छाएको छ ।स्थानिय सरकारबाट धेरै अपेक्षा बोकेका जनताले वर्षाको समयमा हिलाम्य बाटोबाट हिँड्नुपरेको बाध्यता हाललाई टरेको छैन ।अाम मानिसले बस्तीपुर प्रयोग गर्दै आएका ग्रामीण बस्तीका बाटोहरुमा ग्रावेल नहालिनु ,कुन काप्चाका जनताको बाटो फराकिलो बाटो दिनानु दिन चेपिदै जानु चिन्ताको विषय बनेको छ ।

लहान नगरपालिकाले बालुवा ग्रावेल हाल्दा प्रतिशोधको हिसाबमा हालेको जनगुनासो बढिरहेको अवस्थामा तत्काल संबंधित निकायले बस्तीपुर ग्रामीण क्षेत्रमा स्थलगत अध्ययन अनुसन्धान गरेर बाटो लगायत अाम जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय प्रती स्थानिय सरकार गम्भीर हुनुपर्ने आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१