विसुन देव सरदार , लहान , जेष्ठ २ । सिरहा जिल्लाको उत्तरी क्षेत्रमा लहान नगरपालिका सँगै टासिएको साविक गोविन्दपुर बस्तीपुर नाम चलेका र कहलिएका ठाउँ मानिन्छ साथै नेपाली कांग्रेसका चर्चित नेता प्रदीप गिरीको जन्म धर्ती भनेर चिनिने यस ठाउँमा कहलिएका र नाम चलेका नेताहरु तुल्सी गिरी , मनिन्द्र रंजन बराल,सरिता गिरी जस्ता नेताहरु भएको हालको लहान नगरपालिका २४ यतिबेला मुठीभरका नेताहरुको खिचातानीले गर्दा स्थानिय बस्तीमा आम जनताले उपभोग गर्ने सामान्य सेवा सुविधामा कठिनाई महसूस गर्न थालेको स्थानिय जनताहरूको गुनासो रहिआएको छ ।

हाल बस्तीपुर विद्यालय क्षेत्रमा वर्षौंदेखि बाटोको समस्या भोग्दै आएको मानिसको अनुहारमा चिन्ता छाएको छ ।स्थानिय सरकारबाट धेरै अपेक्षा बोकेका जनताले वर्षाको समयमा हिलाम्य बाटोबाट हिँड्नुपरेको बाध्यता हाललाई टरेको छैन ।आम मानिसले बस्तीपुर प्रयोग गर्दै आएका ग्रामीण बस्तीका बाटोहरुमा ग्रावेल नहालिनु ,कुन काप्चाका जनताको बाटो फराकिलो बाटो दिनानु दिन चेपिदै जानु चिन्ताको विषय बनेको छ । लहान नगरपालिकाले बालुवा ग्रावेल हाल्दा प्रतिशोधको हिसाबमा हालेको जनगुनासो बढिरहेको अवस्थामा तत्काल संबंधित निकायले बस्तीपुर ग्रामीण क्षेत्रमा स्थलगत अध्ययन अनुसन्धान गरेर बाटो लगायत आम जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय प्रती स्थानिय सरकार गम्भीर हुनुपर्ने आजको आवश्यकता हो ।


प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved