बहुमत देखाउन जसपाको दुवै पक्ष सक्रिय

  • जेठ २, २०७८
  • ५६४ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको छ।

उपेन्द्र यादव पक्षले शनिबार बोलाएको कार्यकारिणी समितिको बैठकमा बहुमत कार्यकारिणी समितिका सदस्य उपस्थित भएको यादव पक्षका नेताहरूको दाबी छ। उक्त बैठकले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गर्ने महन्थ ठाकुर पक्षधरको निर्णय अवैधानिक भएको निष्कर्ष निकालेको छ।

बैठकमा सहभागी यादव पक्षका नेता रामसहाय यादवका अनुसार आइतबार यादव पक्षले निर्वाचन आयोग र संसद् सचिवालयमा चिठी लेखेर महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णय पार्टीको नभएको जानकारी गराउने भएको छ। ‘हामीले कसैलाई संसदीय दलको नेता चयन गरेका छैनौं।

महतोलालाई दलको नेता चयन गरेको भनी पत्रपत्रिकामा आएको समाचार निराधार हो,’ यादवले भने, ‘यस सम्बन्धमा आइतबार संसद् सचिवालय र निर्वाचन आयोगलाई गराउने भएको छौं।’ यता, शनिबार ठाकुरले विज्ञप्ति निकाली उपेन्द्र यादव पक्षले बोलाएको बैठक पार्टीको बैठक नभएको दाबी गरेका छन्।

ठाकुर पक्षले महतो संसदीय दलको नेता चयन भएको जानकारी आइतबार संसद् सचिवालय र निर्वाचन आयोगलाई गराउने भएको छ।

शुक्रबार ठाकुर पक्षका नेताहरूले बैठक गरी महतोलाई संसदीय दलको नेता चयन गरेको घोषणा गरेको थिए। महतो पक्षका नेताहरू बहुमत सांसदहरूबाट महतोलाई दलको नेता चयन गरेको बताएका छन्। यादव पक्षले पनि संसदीय दलमा आफू बहुमतमा भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा अन्तरविद्यालय ...

लहान, २ असार । स्थानीय स्तरमा नयाँ प्रतिभाहरूको खोजी र सम्मान गर्ने उद्देश्यले सिरहाको लहानमा &ldquo ...

आ.बि.सखुवामा अभिभावक ...

रहमुल सखुवानन्कारकट्टी २ असार । "कला संस्कृति हाम्रो स्वाभिमान । समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिच ...

कतारमा सामाजिक कार्य ...

रामएकवाल राम दोहा :- समाज सेवा गर्ने रहर हुँदैमा समाज सेवा गर्न सम्भव छैन । जुन काम प्रवासमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१