महेश सिंह महतो सिरहा लहान ३१ बैशाख - सिरहाको लहान नगरपालीका वडा नम्बर २ भगवानपुरमा घरायसी बिवाद उग्ररूप लिए पछी एक जना गम्भीर घाइते भएका छन् । आफनै सोहोदर दाजुले घरायसी बिवादमा भाई देब नारायण महतो लाई काठको चिरानले दाहिने हात र ठाँउकोमा हान्दा महतो गम्भीर घाइते भएका छन् ।
दाजु सत्यनारायण महतो ले भाई देब नारायण महतो लाई मर्नासन गरी कुटपिट गरेको हो।कुटाईले गर्दा दाहिने हात फ्याक्चर भएको छ भने ठाँउको नै अप्रेसन गराउनु पर्ने भएको हो । घाइते महतो लाई बिराटनगरको निउरो अस्पतालमा करिब एक महिना उपचार पछी घर ल्याईएको हो ।घाइते महतो लाई हातमा स्सटील लगाएका छन् भने ठाँउको लाई अपरेसन गरेका छन् ।
महतोको घरायसी आर्थिक अबस्था कमजोर रहेको कारण ऋण सापट गरी उपचार गराएका छन्। घाइते महतो को उपचारमा करिब ६ लाख ५० हजार रुपैयाँ अस्पताल लाई तिर्नु परेको हो।क्षतिपूर्ति नपाए पछी उपचारमा कठिनियाई भएको स्थानीयहरुको भनाई छ। यता पीडित महतो ले मुद्दा दर्ताको लागि ईलाका प्रहरी कार्यालय लहानमा हार गुहार गरे पनि मुद्दा दर्ता गर्न न माने पछी बाध्य भएर हुलाक मार्फद मुद्दा दर्ताको प्रक्रिया अगाडी बढाएको हो । मुद्दा दर्तामा लहान प्रहरीले आलटाल गरेको पीडितको आरोप छ ।
समाजिक रूपमा झगडा मेलमिलाप गराउन खोदा सामाजको अगुवाहरुको कुरा समेत मान्न तयार न हुने गरेको हो। साथै उपचार खर्च समेत तिर्न न मानेको स्थानीयको भनाई छ । यता अपराधीलाई प्रहरीले कार्बाहिको लागि कुनै कदम न चालएको पीडितको आरोप रहेको छ । यससरी अपराधी उमकिदै गयो भने जनसमुदायमा प्रहरी प्रतिको क्रेज घटदै गएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved