सबिन यादव सिरहा,कोरोना महामारीमा अक्सिजनको कमीले अस्पतालमा सँक्रमितहरु छटपटाइरहेको बेला प्रदेश २ का मन्त्रीहरु भने मन्दिर मस्जिद नीरिक्षण र शिलान्यासमा व्यस्त देखिएका छन् । बुधबार प्रदेश २ का समाजिक विकासमन्त्री नवलकिशोर साह र वन पर्टयन मन्त्री राम नरेश रायले यस्तो भयावह अवस्थामा पनि मन्दिर नीरिक्षणमा व्यस्त देखिएपछि चौतर्फी आलोचना भएकै क्रममा राज्यमन्त्री सुरेश मण्डलले भने तस्विर सार्वजनिक गरेपछि आलोचना भएको छ ।
प्रदेश २ का वन, पर्यटन राज्यमन्त्री सुरेश मण्डलले सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर १ भोक्राहास्थित शिव मन्दिरको निर्माणको लागि शिलान्यास कार्यक्रम गरेपछि उनको आलोचना भएको हो । अन्य दिनमा पनि मन्दिर, मस्जिद शिलान्यासमा मात्र व्यस्त देखिने प्रदेश २ का मन्त्रीहरु अहिलेको कोरोनोका भयावह अवस्थामा पनि अस्पताल जस्तो सँवेदनशिल क्षेत्रलाई बिर्सेर, कोरोना महामारी र आवश्यकतालाई बिर्सेर शिलान्यासमै व्यस्त देखिएपछि चौतर्फी आलोचना भएको छ ।
मन्त्री मण्डलले शिलान्यास गरेको ठाउँमा पछाडी बसेका बालबालिकाहरु बिना मास्कको भीड लगाएर बसेको देखिएको छ । सिरहा जिल्लामा समेत कोरोना पिक स्टेजमा रहेको अवस्थामा मन्त्री मण्डलले अस्तपालमा अक्सिजनको जोहो छाडेर शिलान्यासमा व्यस्त देखिएका छन् । सो सन्दर्भमा राज्यमन्त्री मण्डलको मोबाइल नम्बर ९८१९६५२३०४ मा सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् । मन्त्री मण्डलसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेनन् ।
प्रदेश २ मा कोरोनाको महामारी जटिल अवस्था बनाउँदै गएको अवस्थामा पनि बुधबार प्रदेश २ का सामाजिक विकास मन्त्री र उद्योगमन्त्री सप्तरीमा मन्दिर निरीक्षणमा व्यस्त देखिए । मन्त्रीद्वयले वैरवाको विवाह मण्डप, योगिनियाको वोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षण गरेको तस्विर र समाचार बाहिरिएपछि चौतर्फी आलोचना खेप्नुपरेको हो ।
प्रतिक्रिया दिनुहोस
लहानमा निःशुल्क मोतिबिन्दु उपचार अभियान प्रभावकारी, मेयर चौधरीद्वारा बिरामीलाई अस्पतालमै भेटेर सहयोग
नवराजपुरमा सडक निर्माणमा गुणस्तर माथी प्रश्न—उपाध्यक्ष यादव आक्रोशित, अध्यक्षको कार्यशैली प्रति तीन वर्षदेखिको असन्तुष्टि सार्वजनिक
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic