सप्तरीका एकजना मृगौला वेचविखनका आरोपित पक्राउ

  • वैशाख २९, २०७८
  • १६०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

२९ बैशाख सप्तरी, सप्तरीका एक जनालाई मृगौला बेचविखन गरेको आरोपमा सप्तरी प्रहरीले पक्राउ गरेका छ्न। सप्तरीको सुरुङ्गा नगरपालिका–१ शिशुवारीका ३५ वर्षीय रमेश विश्वकर्मालाई आज पक्राउ गरेको हो।पीडितको उजुरीका आधारमा विश्वकर्मालाई पक्राउ गरी मानव वेचविखन विरुद्धको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीका प्रहरी निरीक्षक बीरेन्द्र पासवानले बताउनु भयो । काठमाडौंमा बस्दै आएका टिपर सह-चालक सुरुङ्गा नगरपालिका–१ शिशुवारीका २४ वर्षीय दिपक भुजेललाई आरोपित विश्वकर्माले ललाईफकाई बुटवलसम्म पु¥याएका थिए । राम्रो पारिश्रमिक पाइने लोभ देखाई विश्वकर्माले अपरिचित व्यक्तिको जिम्मा लगाई भारत पठाएको पीडितको आरोप छ । मादक पदार्थ खुवाई भारत पु¥याएका अपरिचित आरोपितले केही दिन होटलमा राखेको र बेहोस बनाई अस्पताल पु¥याएर वैशाख २ गते मृगौला निकालेको पीडितले बताए । उक्त अस्पतालमा १० दिन राखेपछि पाँच हजार दिएर गाडी चढाई घर पठाएको र गत शुक्रबार घर आइ पुगेको पीडितकी श्रीमती निरा भुजलले जानकारी दिनुभयो । अर्का आरोपितको पहिचान खुली सकेको छैन् । प्रहरी निरीक्षक पासवानले मानव बेचविखन अनुसन्धान ब्युरो काठमाडौंसँग समन्वय गरी अपरिचित आरोपितको खोजीकार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा ए ...

रहमुल लहान कात्तिक २३ । “सुखी नेपाली, समृद्ध नेपाल” भन्ने मूल नाराका साथ नेपाल कम्युनिस् ...

लहान २४ का १६५ जना म ...

ओम प्रकाश यादव लहान, कार्तिक २३ । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले स्वर्गीय श्रीमती सं ...

जनभावना बचत तथा ऋण स ...

लहान कात्तिक २१। जनभावना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धनगढीमाई नगरपालिका वडा नम्बर १ सिरहाद्वार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१