जिल्लामा कोरोना संक्रमण बढ्न थालेपछि प्रहरीद्वारा जनचेतनामुलक कार्यक्रम शुरू

  • वैशाख २९, २०७८
  • ११४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल वैशाख २९  । आम जीवन कष्टकर र भयावह बन्दै गरेको वर्तमान घडीमा पश्क्षिंम नवलपरासिका विभिन्न स्थानमा प्रहरीहरुले निशुल्क माक्स वितरण गर्दै चेतनामूलक अभियान अगाडि बढाएको छ । पाल्हिनन्दनको सनईमा लकडाउनमा कसरी आफू र आफ्नो घरपरिवार छर छिमेकमा कोरोना काहरको अवधिमा सुरिक्षित रहनुपर्ने अवस्थाका बारेमा जानकारी मुलक कार्यक्रम अगाडि बढाएको सनईका प्रहरी इन्चार्ज राजाराम यादवले बताएका छन् । गाउँघरमा निषेधज्ञा पालन व्यक्तिगत सरसफाइमा कसरी ध्यान केन्द्रित गर्ने विषयमा आवस्यक परामर्श दिने गरेको र अनावश्यक रूपमा बाहिर ननिस्कने सेनिटाईजरको सामान्य प्रयोग सम्बन्धि चेतना आफ्नो क्षेत्रको स्थानिय जनतालाई दिने गरेको पिपरा प्रहरी चौकीका इन्चार्ज बौद्धशंकर चौधरीले बताएका छन् ।

स्थानिय जनतालाई साबुनपानीले हात धुने तरिका माकस्को नियमित रूपमा प्रयोग कोरोना संक्रमण बढिरहेको अवस्थामा रोगसँग सामना गर्ने तरिका र आत्मबल बढाउने विषयक सुझावसहितको कार्यलाई आफ्नो कार्य क्षेत्रमा निन्तरता दिदै आएको भूजहवा चौको इन्चार्ज राजेश भट्टराईले जानकारी दिनुभयो । सीमानाकामा बढ्दो तस्करी र कोरोना संक्रमण अवधिमा आम मानिसले अपनाउनु पर्ने तरिका र विधिका बारेमा स्थानिय जनतालाई सूचित र सुरक्षाका उपायहरु अपनाउन आग्रह गर्दै सामाजिक दूरी ,सरसफाई लगायतका विषयमा छलफल र परामर्श अघि बढाएको सिमाप्रहरी महेशपुर का टोपेन बुढाले बताए । कोरोना बाट आक्रान्त बनिरहेको नवलपरासीका प्रहरी द्धारा स्थानिय स्तरमा सञ्चालन गरिएको यस कार्यप्रति आम स्थानिय खुशी व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

अल्ट्रा अभियानका नटव ...

रंजित चौरसिया,वीरगंज २९ साउन । अल्ट्रा अभियान डिजिटल वल्र्ड प्रा.लि.का सञ्चालक नटवरलाल दिपेश वर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१