Siraha Times
ताजा समाचार

जिल्लामा कोरोना संक्रमण बढ्न थालेपछि प्रहरीद्वारा जनचेतनामुलक कार्यक्रम शुरू

  • वैशाख २९, २०७८
  • १२४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल वैशाख २९  । आम जीवन कष्टकर र भयावह बन्दै गरेको वर्तमान घडीमा पश्क्षिंम नवलपरासिका विभिन्न स्थानमा प्रहरीहरुले निशुल्क माक्स वितरण गर्दै चेतनामूलक अभियान अगाडि बढाएको छ । पाल्हिनन्दनको सनईमा लकडाउनमा कसरी आफू र आफ्नो घरपरिवार छर छिमेकमा कोरोना काहरको अवधिमा सुरिक्षित रहनुपर्ने अवस्थाका बारेमा जानकारी मुलक कार्यक्रम अगाडि बढाएको सनईका प्रहरी इन्चार्ज राजाराम यादवले बताएका छन् । गाउँघरमा निषेधज्ञा पालन व्यक्तिगत सरसफाइमा कसरी ध्यान केन्द्रित गर्ने विषयमा आवस्यक परामर्श दिने गरेको र अनावश्यक रूपमा बाहिर ननिस्कने सेनिटाईजरको सामान्य प्रयोग सम्बन्धि चेतना आफ्नो क्षेत्रको स्थानिय जनतालाई दिने गरेको पिपरा प्रहरी चौकीका इन्चार्ज बौद्धशंकर चौधरीले बताएका छन् ।

स्थानिय जनतालाई साबुनपानीले हात धुने तरिका माकस्को नियमित रूपमा प्रयोग कोरोना संक्रमण बढिरहेको अवस्थामा रोगसँग सामना गर्ने तरिका र आत्मबल बढाउने विषयक सुझावसहितको कार्यलाई आफ्नो कार्य क्षेत्रमा निन्तरता दिदै आएको भूजहवा चौको इन्चार्ज राजेश भट्टराईले जानकारी दिनुभयो । सीमानाकामा बढ्दो तस्करी र कोरोना संक्रमण अवधिमा आम मानिसले अपनाउनु पर्ने तरिका र विधिका बारेमा स्थानिय जनतालाई सूचित र सुरक्षाका उपायहरु अपनाउन आग्रह गर्दै सामाजिक दूरी ,सरसफाई लगायतका विषयमा छलफल र परामर्श अघि बढाएको सिमाप्रहरी महेशपुर का टोपेन बुढाले बताए । कोरोना बाट आक्रान्त बनिरहेको नवलपरासीका प्रहरी द्धारा स्थानिय स्तरमा सञ्चालन गरिएको यस कार्यप्रति आम स्थानिय खुशी व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

लहानमा श्री माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । सिराहा जिल्लाको लहानस्थित श्री माध्यमिक विद्यालय पडरिया थारुटोलल ...

हावाहुरीपीडित मुसहर ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । हालै आएको हावाहुरीका कारण लहान नगरपालिका–२१ स्थित मुसहर समुदायक ...

उज्ज्वल भविष्य परियो ...

ओम प्रकाश यादव लहान, बैशाख ९। “उज्ज्वल भविष्य परियोजना (Bright Future Project)” अन्तर्गत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१