महेश सिंह महतो सिरहा २८ बैशाख - मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन को अवसरमा समाज सेबि महेश चौधरी र संगिता कार्माचायले सुति सारी र मिठाई वितरण गरेका छन् । लहान नगरपालिका भित्र रहेका २१ जना असहाय,एकल महिला तथा सानो चिया पसल गरी जिबिको पार्जन गर्दै आएका महिलाहरुलाई आफनै आमा सम्झेर २१ जना ब्यो वृद्ध महिलाहरुलाई आमाको सम्मान स्वरुप प्रति ब्यक्ती १थान सुति सारी र मिठाई वितरण वितरण गरेका छन् । समाज सेबि चौधरी र कर्माचाय ले पछिल्लो समय निकै चर्चा बटुलेका थिए। श्रीमान र श्रीमतीले दिन दुखिहारीको लागि सहारा बन्दै गएका हुन् । बिगतको नेपाल लकडाउनमा लहान नगरपालिका ले गर्न नसक्ने काम श्रीमान र श्रीमती ले गरेका थिए। लकडाउनका मार्मा परेका गरीब पीडितहरुको हात मुख जोडनमा निकै सहयोग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved