बिनोद मण्डल वैशाख २८ । माननीयद्वारा जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई ६० थान क्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरिएको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण बढिरहेको र मेयर उपमेयरले पाएको सरकारी सुविधाको गाडिलाई एम्बुलेन्स बनाउने होडबाजी चलिरहेको वर्तमान समयमा माननीय प्रदीपराज कँडेलले सरकारी तथा गैरसरकारी संस्थालाई पहल गरि ल्याएका २०० सय थान सिलिन्डर मध्य आज एक कार्यक्रमका बीच ६० थान अक्सिजन सिलिन्डर जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई हस्तान्तरण गरिएको उनको स्वकिय सचिव कमलकिशोर रायमाझीले जनाएका छन् । समाजमा कोरोना बढिरहेको बेला बिरामीलाई अक्सिजनको माग बढिरहेको अवस्थामा परासीका आइसोलेसनमा रहेको बिरामीलाई कामयावी हुने देखिन्छ साथै माननीय ज्यूको यस कार्यले अकालमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था भोग्नु नपर्ने जानकारहरूको तर्क छ । मनानियको प्रसंसनीय कार्यप्रति अाम स्थानिय खुशी रहेको पत्रकार कृष्ण गिरीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved