सिरहाकाे लहानमा फेरि लाखौको डकैती ,बारम्बार डकैतीका घटना ले जनता त्रासमय

  • वैशाख २८, २०७८
  • १४७६ पटक पढिएको
  • रामएकवाल राम
alt

लहान बैशाख २८ गते। सिरहाको लहान नगरपालिका–१ सिग्राही मटिर्वाको नयाँ वस्तीमा डकैती भएको छ ।

स्थानीय ईन्द्र देव ठाकुरको घरमा ७/८ जनाको समूहमा आएको डाँकाहरुले मध्यरात १२:३० बजेको समयमा डकैती गरेका हुन् । उनीहरुले ८ लाख बराबरको नगद र गरगहना लुटेर फरार भएको ईलाका प्रहरी कार्यालय लहानले जानकारी दिए । घरमा डाँका हुने बेलामा घरको सम्पुर्ण सदस्यको मोवाईल नियन्त्रमा लिएपछि लुटेर लगेको छ । लुटेर लगेपछि राती नै पिडतले छिमेकीलाई जानकारी गराएपछि छिमेकीले फोन गरेर प्रहरीलाई तत्काल जानकारी गराउन फोन लगाउदा ईलाका प्रहरी कार्यालय लहानको संचार शाखाको मोवाईल सेटमा फोन गएता पनि फोन उठेन् ।

त्यसपछि फोन सेटमा फोन लगाउदा घण्टी मात्रै बोली रहे फोन उठेन । बारम्बार फोन गरेपछि मात्रै फोन उठेपछि प्रहरी आएको पिडित ठाकुरको गुनासो रहेको छ । घर छतमा सिढीलाई चढेर घरमा प्रवेश गरी पिडित ठाकुरका दुवै छोरालाई कन्चटमा पेस्तौल राखी दराजको साचो लिई दराज भित्र रहेको नगद ६ लाख रुपैयाँ र छोरी बुहारीले लगाएको लगभव २ तोला सुन र २० तोला चाँदी लुटेर लगेको पिडितका छोरा ओम ठाकुरले बताए ।

सूचना पाएलगतै ईलाका प्रहरी कार्यालय लहानबाट गएको प्रहरी टोली घटनास्थल पुगेका थिए । पुगेर राती देखि नै अनुसन्धान थालिएको छ । प्रहरीले डाँकाहरुको समूहलाई प्रकाउ गर्न सकेको छैन । डाँकाहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । लहान नगरपालिकामा बारम्बार डकैटी चोरीका घटना वृद्धि भए रहेको प्रति जनता त्रासमय बनेको छ ।

प्रतिक्रिया दिनुहोस

गोल्डन फ्यूचर बोर्डि ...

लहान, असार १० । सिरहा जिल्लाको लहान नगरपालिका २ स्थित गोल्डन फ्यूचर बोर्डिङ स्कुलले अत्याधुनिक &lsqu ...

बलान बिहुल गाउँपालिक ...

लहान असार १० । बलान बिहुल गाउँपालिकाको १२औं गाउँसभा सोमबार सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा सम्प ...

नेपाली मुस्लिम डाक्ट ...

रहमुल लहान ९ असार । नेपाली समाजमा स्वास्थ्य क्षेत्रमा क्रियाशील चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको साझ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१