स्वसप्रसवास रोग बाट जोगिन विपन्नलाई ग्यास चूल्हो वितरण

  • वैशाख २७, २०७८
  • ९८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा , बैशाख २७ गते । हाल विश्व महामारीको रुपमा फैलिदै गरेको नया भरिऐन्टको कोरोना भाइरस कोभीड़-१९ का करण मानिसहरुमा स्वसप्रसवास समस्या भएर मृत्यु हुने गरेको पाइन्छ । अधिकांस ग्रामीण भेगमा अहिले पनि खाना पकाउन गाई बस्तुको गोबरबाट बनाएको गुइठा र दउरा प्रयोग गरेर चुलो बाल्ने चलन छ । जसले भन्सामा बसेकालाई स्वसप्रसवास सम्बन्धी समस्या देखा पर्ने गरेको विज्ञहरुको भनाइ छ ।

उक्त चुलोबाट निस्केको धुवाका स्वास्थ्यमा समस्या नदेखोस र स्वसप्रसवास समस्याबाट जोगियोस भन्दै सिरहा नगरपालिका १७ माड़र खैरटोकाले ग्यास चुलो सेट वितरण गरेको वडा अध्यक्ष महेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो । उनका अनुस हाल कोरोना महामारीका कारण स्वसप्रसवास समस्या बढ्दो छ र ग्रामीण भन्साको चुलोबाट निस्किने धुँवाका कारणले पनि स्वसप्रसवास देखिन्छ त्यसको चपेटाबाट जोगिनलाई वडाका दलित विपन्नहरुलाई ग्यास चुलो सेट वितरण गरिएको हो । एक सय पचहत्तर घर परिवारलाई ग्यास चुलो वितरण गरिएको अध्यक्ष यादवले बताउनु भयो ।

No description available.

यता नगर सभाबाट पारित वडाको लक्षित वर्ग अन्तरर्गतको बजेट रकमबाट ग्यास सुलो सेट वितरण गरिएको सिरहा नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत बलिराम यादवले बताउनु भयो । यस अगाड़ी आर्थिक वर्ष २०७५/०७६ मा ९२ घर धुरीलाई वितरण गरिएको थियो। त्यसै गरी अा.व. २०७६/०७७ मा १५० घर धुरी गरी हालको अा.व सम्म जम्मा ४१७ घर धुरी दलित विपन्नहरुलाई वितरण भएको उनले बताउनु भयो ।

No description available.

वडा स्तरीय योजना ग्यास सिलिन्डर र ग्यास चुल्हा खरीद गर्ने कार्यक्रम अन्तर्गत सक्षम नेपालको आयोजना गरिएको कार्यक्रममा सिरहा न.पा.को प्रमुख प्रशासकीय अधिकृत वलिराम यादव , बॉर्डर आउट पोष्ट सशस्त्र प्रहरी बल (बीओपी) माड़रका खैरटोकाका इन्चार्ज प्रहरी निरीक्षक लोकनाथ उप्रेती , इलाका प्रहरी कार्यालय माड़रका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विश्वबाबु बुढाथोकी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो भने स्थानीय युवा रवि यादवले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१