संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त-ढल्यो सरकार

  • वैशाख २७, २०७८
  • ५८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । बैशाख २७ गते । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

उत्तर प्रसूति घरभेट ...

रहमुल, लहान २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सञ्चालन ग ...

गहुँमा घाटा, किसान स ...

रहमुल, लहान २३ चैत । सिरहा र सप्तरी जिल्लाका किसानहरू यस वर्ष गहुँ खेतीमा भारी घाटा व्यहोर्न बाध्य भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१