Siraha Times
ताजा समाचार

सिरहाको लहान २ मिलन चौक स्थित गाय हत्या

  • वैशाख २७, २०७८
  • १७६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । सिरहाको लाहान नगरपालिका २ स्थित मिलन चौकमा गौ हत्या भएको भन्दै स्थानीयले चर्को विरोध गरेका छन । मुस्लिम समुदायको एक परिवारमा हिजो बेलुका मासु प्रयोजनको लागि गाई काटेको भन्दै त्यहाँका हिन्दु समुदायले चर्को विरोध गरेका हुन । हिन्दु समुदायको एक परिवारले दिएको सूचनाको आधारमा ईप्रका लाहानले घटनास्थल निरीक्षण गरेका छन । प्रहरी आउने खबर पाए लगत्तै घरमुली फरार भएपनि उनको पत्नी र सालोलाई लाहान प्रहरीले नियन्त्रणमा लिएका छन । केहिले गौ हत्या गरिनु भनेको धार्मिक सदभाव बिथोल्ने प्रयास भएको बताएका छन । ईप्रका लाहानका ईन्चार्ज डिएसपी डा.तपन दाहालले यस विषयमा थप अनुसन्धान भईरहेको र जाहेरी आएपछि मुद्दा चलाउने बताए । तत्कालीन प्रचलित कानूनअनुसार १२ वर्षको सजायको प्रावधान रहेको थियो भने हाल बहाल रहेको मुलुकी अपराध संहिता २०७४ को परीक्षद २७ को पशुपंछीसम्बन्धी कसुरको दफा २८९ को उपदफा २ बमोजिम गौ हत्याको तीन वर्ष कैद सजायको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

भक्ति र विकासको सङ्ग ...

विनोद अविरल ,​सिराहा, १ जेठ । समयको अन्तरालसँगै जीर्ण बन्दै गएको सिराहाको ऐतिहासिक ‘चैनपुर बजा ...

अर्नमा गाउँपालिका–३ ...

ओम प्रकाश यादव लहान ०१ जेष्ठ । सिरहाको अर्नमा गाउँपालिका वडा नं. ३ मा स्थानीय सरकारको पहलमा १५ लाख र ...

धमनी थान मन्दिरको शि ...

लहान, जेठ १ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ कुम्राहा स्थित ऐतिहासिक तथा धार्मिक महत्व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१