ताजा समाचार

सशस्त्र प्रहरी बल सिरहा द्वारा नाकाहरु मा काडाइ

  • वैशाख २७, २०७८
  • ९८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा जिल्ला अन्तरगत पर्ने विभिन्न नाका हरु सिल गरिएको छ। सशस्त्र प्रहरी सिरहा अनुसार कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि नेपाल सरकारले २२ वटा नेपाल भारत सीमा नाकालाई बन्द गरिसकेको छ । नाकाबाट रोजगारको शिलशिलामा भारत पुगेकाहरु धमाधम घर फर्किरहेका छन् । भारतमा भाइरस संक्रमणको सुनामी आएपछि त्यहाँबाट स्वदेश फर्कने नेपालीको संख्या हवात्तै बढेको ले सिरहा को विभिन्न नाका हरु मा थप जनशक्ति प्रयोग गरि तीन ठाउँ मा fob स्थापना गरिएको र नाका हरु मा विशेष कडाइ गरिएको एसपी दिपेन्द्र गिरि ले जानकारी दिएको छ। सशस्त्र प्रहरी बल सिरहा विभिन्न स्थानहरूमा कोभिड- १९ को जोखिम न्यूनीकरणको लागि सचेतनामुलक सन्देश सहितको माइकिङ, सवारी साधनहरुको चेक जाँच, सचेतनामुलक प्लेकार्ड प्रदशर्न लगायतका कार्याक्रहरुको मार्फत भिडभाड न गर्न , स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागी माक्र्स तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित माक्र्स लगाउन सशस्त्र प्रहरी बल सिरहा का प्रमुख एसपी दीपेन्द्र गिरि ले सबैमा अनुरोध गर्नु भएको हो। भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न सबैको भूमिका महत्वपूर्ण हुने भएकाले नाकाबाट आउने नागरिकहरुको परीक्षण गरेरमात्र नेपाल प्रवेश गर्न दिने र १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नेगरी व्यवस्था मिलाउन स्थानीय सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤