विसुन देव सरदार , वैशाख २६ । क्षय रोग पीडितलाई नेपाल पत्रकार महासंघ सिराहा शाखाका सदस्यले सहयोग साविक गाउँविकास समिति बिष्णुपुर कट्टी ७ तथा हाल धनगढीमाई १२ बगर बस्तीमा बसाेबास गर्दै आएका चौठी धानुक विगत लामो समयदेखि क्षय रोगले पीडित बिरामी हुन् । ५ ओटी छोरीको बुवा रहेको धानुककाे अवस्था अत्यन्तै दयनिय रहेको छ । यिनको जीवन सञ्चालनको मुख्य आधार स्थानिय सरे खोलाको बगर जहाँ ढुंगा गिट्टी बालुवा चालेर जीवन निर्वाह गर्दै आएका अवस्थामा लक डाउन भएपछि चिन्तित बनेका उनी लगातार १५ दिनको विराम पछि मात्र गाउँलेको सहयोगमा अस्पताल लगिएर उनी क्षय रोगी भएको ठहर पस्क्षात उनको दयनिय जीवनले गर्दा मृत्यु रोज्न पुगेका धानुक खर्चको अभावमा छट्पटाएको बेलामा वडा सदस्य श्याम मण्डल र पत्रकार विनोद मण्डलकाे संयुक्त प्रयासबाट आज दस हजार चार सय पैतिस रुपैया सहयोग रकम हस्तान्तरण गरिएको छ । उक्त रकम पाएपछि बिरामी आफै म अब नीको हुन्छु भनेका थिए । बिरामीलाई थप उपचारको लागि नगरपालिकाको नैन पुर अस्पतालमा लादा यहाँ उपचार सम्भव छैन भनी फर्काएको थियो । घर आएपछि बिरामीलाई स्थानिय वरपिपलमा रहेको क्लिनिकमा उपचार भइरहेको छ र अवस्थामा सुधार आएको परिवारिक स्रोतले जनाएको छ । उनको उपचारमा पत्रकार विनोद मण्डलले थप रकम स्थानिय स्तरबाट जम्मा गराउने बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved