अक्सिजन सिलिन्डर लिन वाइड बडी जहाज सोमवार बेइजिङ जाने

  • बैशाख २५, २०७८
  • ९९१ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते (आउँदो सोमवार) चीनको राजधानी बेइजिङ जाने भएको छ ।

चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ ।

वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । यस प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज सोमवार बिहान ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिए ।

’चीनबाट स्वास्थ्य सामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ, हामी (निगम)ले जहाज पठाउँनका लागि आफ्नो तयारी थालिसकेका छौँ’, उहाँले भन्नुभयो । चीनले २० हजार अक्सिजन सिलिन्डर अनुदानमा दिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

परिक्रमामा महोत्तरी ...

जनकपुरधाम  : महोत्तरी समाज सेवा नेपालले मिथिला परिक्रमालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ् ...

सिरहामा तस्करीको लाई ...

विनोद मण्डल,सिरहा चैत्र ५ । सिरहाको सीमावर्ती नाकाहरुबाट नियमित तस्करी भइरहँदा पनि प्रशासन त्यस ...

सुत्केरी महिलाहरूलाई ...

रहमुल लहान ४ चैत्र सिरहाको नवराजपुर गाउँपालिकामा बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत सुत्केरी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१