महेश सिंह सिरहा लहान २५ बैशाख - मनकारी युवाहरुको एक समुहले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालीका २ पर्सा पोख भिन्डामा भीषण भएको आगलागीमा ८ जनाको घर जलेर नस्ट भएको छ। आगलागी बाट करिब ६० लाख मुल्य बराबरको क्षेती भएको स्थानीय किरण राय दनुवारको भनाई छ् । बर्षातको मुखमा आएर आगलागि हुँदा घर मुलिलाई बिचल्ली भएको छ । दु:खद घडीमा उर्जाशिल युवाहरुको एक समुहले राहत सहयोग गर्न घटना स्थल पुगेका थिए ।
उर्जाशिल युवा समुह भगवानपुर सिरहाको पदाअधिकारी दिलीप कुमार यादवको विशेष पहलमा राहत वितरण भएको हो। पदाअधिकारीहरुमा दिलिप कुमार यादव ,जिबछ यादव ,जय प्रकाश यादव, पुस्पेन्द्र यादव ,सन्तोष यादव ,मनोज कुमार साह लगायतका युवाहरुले राहत दिन घटना स्थलमा पुगेका थिए । राहत सामग्रीहरुमा चामल २५ किलो ,रहरि दाल २ किलो ,खाने तेल १ लिटर ,चुरा ५ किलो ,स्वाईमिन १ किलो , सर्फ १ किलो,भुजिया १ किलो ,भेस्ट ३थान,नुहाउने साबुन २ पिस ,हाफपेन्ट १ थान ,नुन २ पोका सुतिसारी २ थान ,कमल १ थान लगायतका राहत सामग्री वितरण गरेका छन् ।राहत पाउदै अग्नि पीडितले उर्जाशिल युवा समुहका पदाअधिकारीहरुलाई गुहार्दै धन्यवाद दिएका थिए ।
स्थानीय अबोध बालकले आगो लिएर खेल्दै गर्दा आगो सलकिएको हो ।स्थानीय लछु राम साह,लाले साह ,आनन्द साह, धिरेन्द्र साह, बिरेन्द्र साह ,राम लोच्न साह ,भगलु साह , सचिन्द्र साह को घर पुर्ण रूपमा जलेर नस्ट भएको छ् । आगलागी बाट करिब ६० लाख मुल्य बराबरको धनमाल जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनु भयो ।आगलागी बाट कुनै मानवीय क्षेती न भएको स्थानीयले बताए । आगो सल्के पछी गाउँ भरी नै त्रास फैलिएको थियो । एक घन्टा पछाडि आगो स्थानीय बासीहरुले नियन्त्रणमा लिएका थिए। घर भित्र रहेको सम्पुर्ण लत्ताकपडा र खाधनका सम्पुर्ण सरस्ममान नस्ट भएको स्थानीय युवा नेता चन्द्र शेखर यादवले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved