मेयर मुनीको हर्कत, कोरोनामा पनि गराए छाडे उठिवास

  • वैशाख २३, २०७८
  • १०९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, २३ बैशाख । लहान नगरपालिकाका मेयर मुनी साहले आफ्नो अलिशान घर ऐलानी जग्गामा बनाएको छ । जनताको निजी जग्गामा रहेका दर्जनौ घरपरिवारलाई उठिवास गरेको छ । विकास निर्माणको नाममा मेयर साहले जहाँपनि कमिशन लिने गरेका छन् । जनतालाई सडकमा ल्याएर पिडा दिइरहेको लहान ५ की गुडिया खातुनले बताइन् ।

लहान ५ स्थित रहेको खुट्टी खोला छेउमा रहेको सुरतलाल चौधरी, रोशन साह, एजुन र मोहितलाल चौधरीको निजी जग्गामा डोजर चलाएको छ । बैशाख २२ गते मेयर मुनी साहले आफ्ना वडाध्यक्ष सुलेमान अन्सारीको नेतृत्वमा निजी जग्गामा रहेको एक दर्जन घरपसल डोजर चलाएर भत्काएको छ । मेयर साहले नगर प्रहरी, ईलाका प्रहरी कार्यालय , सशस्त्र प्रहरीको बलमा घरपसल भत्काउँदा करिब ५० लाखको क्षति पुर्याएको स्थानीय विलेक्षण पासमान बताए ।

यो कोरोनाको समयमा जनतालाई राहत, सेवा सुविधान दिनुपर्ने ठाउँमा घरपसल भत्काएर मेयर मुनी साहले आफ्नो हैकमता र खलनायकपनको प्रमाणित गरेको लहान नगरवासीको कथन रहेको छ । उचित ब्यवस्थापन नै नगरी घर टहरा बलपूर्वक भत्काउन लाग्दा झडप समेत भएको छ । नगरपालिकाले डोजर लगाएर भत्काउन लाग्दा स्थानीयले प्रतिकार गरेका छन् । करिब ३० वर्ष अगाडि नगरपालिकाले नै मन्जुरी दिएको उक्त जग्गा एकासी आएर भत्काउन लागेको स्थानीयले आरोप लगाएका छन । कोभिडको बेला यसरी हामीलाई दुःख दिनु अन्याय हो भन्दै पीडितले असन्तुष्टि जाहेर गरेका छन् । जग्गा धनीहरुले जग्गाको कर प्रत्येक बर्ष नगरपालिकालाई बुझाउँदै आएको छ । उता, नगरपालिकाले त्यस ठाउँमा हाटबजार व्यवस्थापन गर्ने भनी पटक पटक सूचना दिएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा विशेष धार ...

ओम प्रकाश यादव लहान फाल्गुन ०३ । सिराहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं. १ तामासुईयास्थित शिव मन ...

लहानका आरजे यादवलाई ...

फाल्गुन–०३, लहान। लहानका युवा प्रतिभा आरजे शियाराम यादवले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित AS ...

लहानमा अभिभावक दिवस ...

ओम प्रकाश यादव लहान,फाल्गुन ३ । लहान नमुना इङ्लिस बोर्डिङ स्कुल (लहान–४) र नेशनल एकेडमी (लहान& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१