मेयर मुनीको हर्कत, कोरोनामा पनि गराए छाडे उठिवास

  • वैशाख २३, २०७८
  • १०६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, २३ बैशाख । लहान नगरपालिकाका मेयर मुनी साहले आफ्नो अलिशान घर ऐलानी जग्गामा बनाएको छ । जनताको निजी जग्गामा रहेका दर्जनौ घरपरिवारलाई उठिवास गरेको छ । विकास निर्माणको नाममा मेयर साहले जहाँपनि कमिशन लिने गरेका छन् । जनतालाई सडकमा ल्याएर पिडा दिइरहेको लहान ५ की गुडिया खातुनले बताइन् ।

लहान ५ स्थित रहेको खुट्टी खोला छेउमा रहेको सुरतलाल चौधरी, रोशन साह, एजुन र मोहितलाल चौधरीको निजी जग्गामा डोजर चलाएको छ । बैशाख २२ गते मेयर मुनी साहले आफ्ना वडाध्यक्ष सुलेमान अन्सारीको नेतृत्वमा निजी जग्गामा रहेको एक दर्जन घरपसल डोजर चलाएर भत्काएको छ । मेयर साहले नगर प्रहरी, ईलाका प्रहरी कार्यालय , सशस्त्र प्रहरीको बलमा घरपसल भत्काउँदा करिब ५० लाखको क्षति पुर्याएको स्थानीय विलेक्षण पासमान बताए ।

यो कोरोनाको समयमा जनतालाई राहत, सेवा सुविधान दिनुपर्ने ठाउँमा घरपसल भत्काएर मेयर मुनी साहले आफ्नो हैकमता र खलनायकपनको प्रमाणित गरेको लहान नगरवासीको कथन रहेको छ । उचित ब्यवस्थापन नै नगरी घर टहरा बलपूर्वक भत्काउन लाग्दा झडप समेत भएको छ । नगरपालिकाले डोजर लगाएर भत्काउन लाग्दा स्थानीयले प्रतिकार गरेका छन् । करिब ३० वर्ष अगाडि नगरपालिकाले नै मन्जुरी दिएको उक्त जग्गा एकासी आएर भत्काउन लागेको स्थानीयले आरोप लगाएका छन । कोभिडको बेला यसरी हामीलाई दुःख दिनु अन्याय हो भन्दै पीडितले असन्तुष्टि जाहेर गरेका छन् । जग्गा धनीहरुले जग्गाको कर प्रत्येक बर्ष नगरपालिकालाई बुझाउँदै आएको छ । उता, नगरपालिकाले त्यस ठाउँमा हाटबजार व्यवस्थापन गर्ने भनी पटक पटक सूचना दिएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१