लुम्बिनी प्रदेशमा ६ सय स्वास्थ्यकर्मी थपिँदै

  • वैशाख २३, २०७८
  • ११२९ पटक पढिएको
  • रामएकवाल राम
alt

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ ।

चार कोरोना विशेष अस्पतालमा यी जनशक्ति अस्थायी रूपमा भर्ना गर्न लागिएको हो । अघिल्लो वर्ष महामारीका बेला ४ सय जनशक्ति करारमा भर्ना गरिएको थियो।

कोरोना संक्रमण घटेपछि उनीहरुको करार नवीकरण गरिएको थिएन । मन्त्रिपरिषद् बैठकले अस्थायी दरबन्दी थपसम्बन्धी निर्णय गरेको हो ।लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १ सय ८९ दरबन्दी थपिँदै छन्।

त्यस्तै बेलझुन्डीस्थित राप्ती प्रादेशिक कोरोना विशेष अस्पतालमा १ सय ७१, भेरी अस्पताल नेपालगन्जमा १ सय ५२ र भैरहवाको भीम अस्पतालमा ७१ दरबन्दी थप्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

एनआरएनए एनसीसी कतारक ...

रामएकवाल राम दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकत ...

कतारमा पत्रकार रामएक ...

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत ...

लक्ष्मीपुर पतारी गाउ ...

ओम प्रकाश यादव लहान साउन १० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विकास र सुशासनका क्ष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१