आफूखुसी ट्रायल परीक्षा गराएर मोटो रकम लिएर फेल भएकालाई पनि लाईसेन्स वितरण गर्ने गरिएको आरोप

  • वैशाख २१, २०७८
  • १३५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सबिन यादव, सिरहा । स्वास्थ्य मानिसको अति संवेदनशिल क्षेत्रको रुपमा मानिन्छ, तर प्रदेश २ को सिरहा जिल्लाको लहानस्थित रहेको यातायात कार्यालयमा सेवाग्राहीहरुको स्वास्थ्यसँग चरम लापवाही र खेलवाड गरिरहेको पाइएको छ । सवारी चालक अनुमति पत्र (लाईसेन्स) बनाउनको लागि प्रक्रियागत रुपमा चाहिने रक्त जाँच (रक्त समूह) छुटयाउनको लागि घरमा प्रयोग गर्ने टायल्स मार्बलको टुक्रा प्रयोग गर्ने गरिएको पाइएको छ ।

रगत जाँचको लागि र प्रभावकारी परिणामको लागि आउने मेडिकल स्लाईड नै प्रयोग नगरी अवैद्यानिक रुपले घरमा लगाउने टायल्स मार्बलमा रगत राखेर टेष्ट गर्ने गरिएको पाइएको छ । रगत जाँचको लागि आउने विशेष स्लाइड नराखेर यातायात कार्यालय लहान परिसरभित्रै रगत जाँचको लागि टेबलको व्यवस्था गरिएको छ भने रगत जाँचको लागि पनि एक नीजि अस्पतालको ल्याबले टेण्डर लिएको बताइन्छ ।

टायल्सको एउटै टुक्रामा यातायात कार्यालयमा लाईसेन्सको लागि फाराम भर्न आउने सेवाग्राही (सवारी चालकहरु) को रगत राखेर टेष्ट गर्दै आएको छ । यसले परिणाममा बाधा उत्पन्न गर्ने विज्ञहरुको भनाई छ । “रगत जाँचको लागि त मेडिकल स्लाइड आउँछ, जसमा रगत राखेपछि शुद्ध परिणाम आउँछ, तर एउटै टायल्समा राखेर धेरै जनाको रगत चेकजाँच गर्नु नै उचीत होईन्, यसले अरुको रगतसँग कन्टामिनेट (ब्याक्टेरियाहरुसँग ईन्फेक्ट) हुन्छ जसले परिणामको प्रभावकारितामा बाधा पार्छन् ।”– एक चिकित्सकले भने ।

यातायात कार्यालय लहानमा सर्वोपरि मान्यता पाएको नेपाल रेडक्रस सोसाईटीको रक्त समूहको कार्ड समेतलाई मान्यता दिँदैन । रक्त समूह र रक्तदान गरेको कार्ड देखाउँदा पनि रेडक्रसलाई शून्य मान्यता दिएको देखिएको छ । रेडक्रसको कार्ड भएको सेवाग्राहीलाई पनि बलपूवर्क सोही ठाउँमा रगत जाँच गराउनुपर्ने बाध्यता सृजना गरिदिएको छ । एक जनाको लागि रु.१०० रुपैयाँ तोकेर रकम उठाउने गरेको छ ।

रेडक्रसमा पनि चेकजाँच वा अन्य ठाउँमा पनि रगत चेकको लागि बढीमा रु. ६० रुपैयाँ लिने गरिन्छ । जसमा मेडिकल स्लाइडमा रगत जाँच गरेर दिन्छन्, तर यहाँ एउटै टायल्समा दर्जनौ सेवाग्राहीको रगत राखेर चेकजाँच गर्ने गरिन्छ । यसले रगत समूह त्यही हो वा होइन भनेर शँका समेत उब्जाएको छ । नीजि अस्पतालको एक ल्याबलाई ठेक्का दिएर सो ठाउँबाट पनि कार्यालयका कर्मचारीहरु कमिशन उठाउने गरेको बताइन्छ । कमिशनकै लागि पनि यस्ता क्रियाकलापहरु यातायात कार्यालयभित्रै हुन दिएको आरोप एक सेवाग्राहीले लगाए ।

सो क्रममा कार्यालयभित्रै ल्याब सँचालन गरेको शिवर्ती डायग्नोष्टिक ल्याबोरेटरी एण्ड हेल्थ केयर प्रा.लि.का सँचालक दिनेश यादवले भने आफ्नो नाममा ठेक्का वा टेण्डर नरहेको प्रतिक्रिया दिए । उनले टायल्समा रगत जाँच गर्न पाउने भनेर पनि प्रतिक्रिया दिए । यातायात कार्यालयका गार्ड (पाले) सहितले यहाँ रेडक्रसको कार्डको कुनै मान्यता नभएको तथा लाईसेन्सको फाराम भर्नको लागि यहाँबाट रगत जाँच अनिवार्य गरिएको बताए । “तपाई जहाँबाट कार्ड ल्याए पनि यहाँ फरक पर्दैन, यहाँ रगत जाँच गराउनु नै पर्छ र १०० रुपैयाँ दिनैपर्छ ।”– उनले भने ।

रगत समूहमा फरक परेपछि मानिसको ज्यान जान्छन् । शरिरमा भएको रगत समूहभन्दा फरक रगत समूहको रगत शरिरमा चढाएपछि मानिसको ज्यान जान्छन् । तर, यस्तो लापरवाहीले सिधा ज्यानसँग सरोकार राख्ने रगत समूहकै लागि पनि टायल्स मार्बलमा रगत जाँच गर्ने गर्दा कुन समूहको रगत हो भनेर विश्वास गर्न कठिनाई उत्पन्न भएको छ ।

यो सन्दर्भमा बुझनको लागि यातायात कार्यालयका प्रमुख मिन भट्टराईसँग सम्पर्क गर्न खोज्दा मोबाइल नम्बर रजिष्टर नगरिएको भनेर सन्देश आएको थियो । अस्थायी रुपमा नम्बर बन्द गर्दा यस्तो सन्देश टेलिकमले दिने गरिन्छ । यातायात कार्यालय लहानमा बिना सिसिटिभी क्यामेराकै आफूखुसी ट्रायल परीक्षा गराएर मोटो रकम लिएर फेल भएकालाई पनि लाईसेन्स वितरण गर्ने गरिएको आरोप अझै छ ।

 

 

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा कक्षा १ द ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज ...

सिरहामा ब्राह्मण–मण् ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । सामाजिक सुधार अब भाषण वा नारामा मात्रै सीमित नरहने संकेत दिने एउ ...

टिपरको ठक्कर बाट किस ...

रहमुल लहान ३१ बैशाख । सिरहाको मिर्चैया नगरपालिका ७ मा विहान टिपरको ठक्कर बाट एक जना वृद्ध किसान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१