आज रातिदेखि आन्तरिक हवाई उडान बन्द; भारत, ब्राजिल र दक्षिण अफ्रिका उडान स्थगित

  • बैशाख २०, २०७८
  • ८३ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौँ । सरकारले आज सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।

अरु अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर कायम राख्ने ती मन्त्रीले बताए । हाल अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने व्यक्तिले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ ।

प्रतिक्रिया दिनुहोस

मुख्यमन्त्री पोखरेलव ...

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । वि ...

चीनको अनियन्त्रित रक ...

एजेन्सी ।अन्तरिक्षमा अनियन्त्रित बनेको चीनको सबैभन्दा ठूलो रकेट मालदिभ्सनजिकै हिन्द महासागरमा खसेको ...

एसइई र कक्षा १२ को प ...

विराटनगर ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० (एसइई) र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा पुर्& ...